राजपाले अन्तर्राष्ट्रिय अनुभव लिने
- बिहीबार, २४ जेष्ठ, २०७५
- 4 years ago
- समाचार
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टी एकीकरण सम्बन्धी अन्तर्राष्ट्रिय अनुभव लिने भएको छ । दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरेरै त्यस्तो अनुभव लिइरहेको हो ।
पार्टी एकीकरण भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि एकीकृत राजपा नेपाल व्यवस्थित हुन नसकिरहेको अवस्थामा राजपा नेपालले दुईटा अन्तर्राष्ट्रिय सामाजिक संस्थाको सहयोगमा कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
बुढानीलकण्ठस्थित एक रिसोर्टमा आयोजना गरेको कार्यक्रममा इटालीका नेता जियानी भर्तानीले पार्टी एकीकरणको विषयमा राजपा नेपालका नेताहरूलाई जानकारी दिइरहेको पार्टीका महासचिव सीपी सिंहले जानकारी दिनुभयो ।
बिहीबारसम्म चल्ने सो गोष्ठीमा जियानी भर्नाती मुख्य वक्ता रहनु भएको छ ।
भर्तानी इटालियन व्यवस्थापिका संसद्को सदस्य तथा सिनेटर वैदेशिक मामिलाको सहसचिव समेत रहनु भएको छ । डेमोक्रेट गठबन्धनको संयोजक समेत रहनु भएका उहाँ डेमोक्रेजिया इलिबर्ता–ला मार्घेरिता नामको इटालियन राजनीतिक दलका केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
कार्यक्रममा राजपा नेपाल कार्य सम्पादन समितिका २७ जना सहभागी छन् । मधेशका छवटा दल मिलेर २०७४ वैशाख ७ गते राजपा नेपाल बनेको थियो । पार्टी एकीकरण भएको एक वर्ष वितिसक्दा पनि संगठनले पूर्णता पाएको छैन । आजको गोरखापत्रबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता
- 1 minute ago

उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेट
केपी ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने
- 8 minutes ago

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। एमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म का
न्यायाधीश भट्टराईको प्रश्नः नागरिकता प्राप्त गर्नु र त्यसलाई प्रयोग नगर्नुमा केही फरक छ र?
- 54 minutes ago

काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासको बहसमा न्यायाधीशको प्रश्नमा गृहमन्त्री रवि लामिछानेका वकिलले जवाफ फर्काउन असमर्थ भएका छन्। शुक्रबारको सुनुवाइमा न्यायधीश आनन्दमोहन भट्टराईको प्रश्नमा रविका
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।