उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता
- शुक्रबार, १३ माघ, २०७९
- 1 month ago
- राजनीति

काठमाडौँ । उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ ।
उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज शुक्रवार भएको भेटमा उहाहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
बेलायत नेपालको सबैभन्दा भरपर्दे विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गरे । त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताइन् ।
नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूत पोलिटले बताइन् । ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उनले उल्लेख गरिन् ।
अहिलेको सरकारको प्रथमीकता राष्ट्रिय एकता, शुसासन र सेवा प्रभाह भएको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले त्यसमा वेलायत सरकारको पुर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।
फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले भूपू व्रिटीश गोर्खा सैनिकको समस्या समाधानको लागि राजदूत पोलिट समक्ष आग्रह गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
एसबिआई बैंकका ग्राहकलाई सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा छुट
- 3 minutes ago

काठमाडौँ।नेपाल एसबिआई बैंक लिमिटेड र सिता प्यालेस होटेल वाग्मती तथा सिता प्यालेस होलिडे इन प्रा.लि. हरिवन सर्लाहीबीच विभिन्न सेवामा छुट सम्झौता भएको छ। उक्त सम्झौता प्रश्चात सिता प्यालेस होटल त
बागमती प्रदेशका एमालेका चार मन्त्रीद्वारा राजीनामा
- 5 minutes ago

हेटौँडा। बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन्। प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा एमालेका तर्फबाट मन्त्री बन
राहुल गान्धीको सांसद पद खारेज
- 8 minutes ago

काठमाडौँ। भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ। मानहानीमा दुई वर्षको सजाय पाएका गान्धीको लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो। सुरतको एक अदालतल
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।