रातो झन्डाको आडमा खत माफ हुने अराजकता बढ्योः रामचन्द्र पौडेल
- बुधबार, २० आषाढ, २०७५
- 4 years ago
- समाचार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीलाई भेटेका छन् ।
मंगलबार उनको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेका पौडेलले युद्धकालमा भएको घटना र व्यक्तिगत रिसइबीलाई छानबिन गर्न नसक्दा अपराध माफ हुने किसिमको अराजकता बढेको उल्लेख गरे ।
उनले अपराधीले माफ पाउने अवस्थाले समाजमा मानवता गुम्दै गएको टिप्पणीसमेत गरे । ‘रातो झन्डा ओढेपछि सबै खत माफ हुने प्रचलनको अन्त्य हुनुपर्छ,’ नेता पौडेलले भने, ‘छोराको हत्यारालाई कारबाही गराउन अनशन बस्नुपर्ने अवस्था आउनु विडम्बना हो । गंगामायाको मागलाई अब जनस्तरमै लैजानुपर्छ ।’
पौडेलले विधिको शासन नै लोकतन्त्रको मेरुदण्ड भएको भन्दै त्यसलाई तोड्ने र स्वतन्त्र न्यायापालिकाको फैसलालाई अपमान गर्ने परम्परा स्थापित हुन थालेकोप्रति असन्तुष्टि प्रकट गरे ।
गोरखा फुजेल काण्डमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही हुनुपर्ने भन्दै आमा गंगामाया अनशन बसिरहेकी छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीले गंगामायाको स्वास्थ्य स्थिति जटिल बन्दै गएको जानकारी दिए । अनशन बसेको ३६औं दिनमा आइपुग्दा उनको शरीर सुन्निएर हातको नशासमेत नभेटिने अवस्था भएपछि घाँटीको नसाबाट स्लाइन दिइएको छ ।
५ पुस २०७२ मा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन हुनुपर्ने भन्दै गंगामाया गत १५ जेठबाट अनशनमा बसेकी हुन् । उनले छोराको हत्यामा संलग्न भनिएका छविलाल पौडेल, जानुका पौडेल, भीमसेन पौडेल र रामप्रसाद अधिकारीलाई जेल सजायको माग राखेर आमरण अनशन सुरु गरेको बताएकी छन् ।
२४ जेठ २०६१ मा माओवादी कार्यकर्ताहरुले अपहरणपछि गंगामायाको छोरा कृष्णप्रसादको हत्या गरेका थिए । छोराका हत्यारालाई कारबाहीको माग राखेर अनशनमा बसेका उनका श्रीमान् नन्दप्रसाद अधिकारीको ३३४औं दिनमा ५ असोज २०७१ मा निधन भएको थियो । आजको राजधानीबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
- 8 seconds ago

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक छन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्था
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो
- 20 minutes ago

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग
- 23 minutes ago

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।