बाबा रामदेवः जति चर्चित उति विवादित

Global IME
Norvic Hospital

एजेन्सी । बाबा रामदेवको चर्चा जति हुन्छ त्यो भन्दा धेरै उनी विवादमा पनि रहेका छन् । योगाका लागि उनी विश्वभर चर्चित छन् भन्दा फरक नपर्ला तर पछिल्लो समय उनी राजनीतिक कारण विवादमा पर्दै आइरहेका छन् ।

 

सन् २०११ मा रामलिला मैदानमा भएको घटनालाई आजसम्म पनि कसैले भुल्न सकेको छैन । उक्त स्थानबाट बाबा रामदेव महिलाको वस्त्र सलवार कमिज र दुप्ट्टा लगाएर भागेका थिए ।

 

ठुलो संख्यामा आएका प्रहरीले उनलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

 

बाबा रामदेवका विवादहरुः

१. बाबा रामदेवको संस्थाहरुले आर्थिक हिनामिना गरेको र कर छली गरेको तहल्का म्यागजिनले एक रिपोर्ट प्रकाशित गरेको थियो । किसानहरुबाट जबर्जस्ती जमिन हडपेको तथा कृषिका लागि विधुत चोरी गरेको, बिक्रि गरेको सामानमा समेत कर छली गरेको आरोप लागेको रिपोर्ट तहल्का म्यागजिनले सार्वजनिक गरेको थियो । 

 

२. वरिष्ठ नेता बृन्दा कराटले दिव्या फार्मेसीलाई गम्भिर आरोप लगाएकी थिइन् । यो फार्मेसी पनि बाबा रामदेवको दिव्य योग मन्दिर ट्रष्टबाट चल्दै आइरहेको छ । उनले भनेकी थिइन्,‘ यो फार्मेसीमा औषधि बनाउन मानिस र जनावरको हड्डीको प्रयोग गरिन्छ ।’ 

 

३. योग गुरु बाबा रामदेवले दाबी गर्दै भनेका थिए,‘प्रणययाम दिनुहँ गर्नाले ६ देखि ९ महिनाभित्र क्यानसर रोकथाम गर्न सकिन्छ । स्तन क्यानसर, लिभर, प्रोटेस्ट, युटेरस, पिट्युटरी ग्ल्याण्ड, ब्रेन ट्युमर तथा लेइक्युइमेना जस्ता रोगहरु निको हुन्छ ।’

 

४. बाबा रामदेवले योगका कारण एड्स पनि रोकथाम गर्न सकिने बताएका थिए । उनले भनेका थिए,‘हामीले क्लिनिकल टेस्ट गर्दै योगाको सहायताले एड्स रोग निको पार्नेछौ । केही वर्षमा हामीले यो विधि सुरु गर्नेछौ ।’

 

उनले भनेका थिए,‘स्कुलहरुमा दिइने यौन शिक्षाको सट्टा योगाको शिक्षा दिइनुपर्छ । सरकारले निर्दोष बच्चाहरुको दिमागमा फोहोर गरेको छ । समाजको नैतिकता यौन शिक्षा दिएर सुदृढ हुँदैन । एड्स रोग फ्रि सेक्सको कुरा गरेर वा कण्डमको प्रयोग गरेर रोकथाम गर्न सकिदैन ।’

 

५. बाबा रामदेवले होमोसेक्सुवालिटी रोग योगा मार्फत हटाउन सकिने बताएका छन् । यो अन्य कन्जेनिटल डिफेक्ट झै रोकथाम गर्न सकिने बताएका थिए । यस्ता प्रकृतिका रोगहरु योगा, प्रणययाम र ध्यानबाट हटाउन सकिने समेत उनले बताएका थिए । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 28 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 2 hours ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।