क्यान्सरपीडित महिला झारफुककाे बहानामा बलात्कृत

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • सोमबार, १९ कार्तिक, २०७५
  • 3 years ago
  • नेपाल
सांकेतिक तस्वीर

बर्दिया । झारफुकको बहानामा क्यान्सर रोगबाट पीडित ४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७१ वर्षीय गुरुवालाई पक्राउ गरेको छ । 

 

बारबर्दिया–१०, बैदीका ७१ वर्षीय गुरुवा सुब्बा थारुलाई १० महिनादेखि एक महिलालाई झारफुकको बहानामा बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

 

झारफुकबाटै क्यान्सर रोग निको पार्ने भन्दै थारूले महिलालाई लामो समयदेखि बलात्कार र यौन शोषण गरेको प्रहरीले जनाएको छ । रोग निको नभएपछि पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि थारु पक्राउ परेका हुन् ।

 

थारुले झारफुक गर्न भन्दै राति राति फोन गरी बोलाउने र भनेको नमाने रोग निको नहुने धम्की दिदैँ यौन शोषण गरेको प्रहरीसमक्ष महिलाले बताएकी छन् ।

 

रोग निको हुनुको सट्टा झन् थला पर्दै गएपछि प्रहरी समक्ष उजुरी गरेको पीडित महिलाले बताइन् । पीडित महिला अहिले चितवनस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छिन् ।

 

बलात्कारका अभियुक्त थारूलाई भने जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 9 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 9 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

  • 11 hours ago
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।