यी हुन् विश्वमा अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कतिऔ स्थानमा
- बिहीबार, १३ मंसिर, २०७५
- 4 years ago
- अष्ट्रेलिया
- अन्तर्राष्ट्रिय

पछिल्लो समय बलात्कारका घटनाहरुले नेपाली समाजमा महिलाहरुको सुरक्षामा प्रश्न खडा भएको छ । दैनिक समाचारमा आउने बलात्कारका घटनाहरुले समाजमा एकखाले भयावह अवस्था सिर्जना समेत गरेको छ । विश्वमा केही यस्ता देशहरु रहेका छन् जहाँ बलात्कारका घटनाहरु लाखौको संख्यामा हुने गरेका छन् । यही विषयलाई आधार मानेर बिगवायरले एउटा सर्वे रिपोर्ट सार्वजनिक गरेको छ । आउनुहोस् हेरौ विश्वमा अत्याधिक बलात्कार हुने देशहरुको सुची हेरौ
१. दक्षिण अफ्रिका
एक रिपोर्टका अनुसार प्रत्येक वर्ष दक्षिण अफ्रिकामा ५ लाखको हाराहारीमा बलात्कारका घटनाहरु हुने गरेका छन् । रिपोर्टका अनुसार ४० प्रतिशत महिला उनीहरुको जीवनकालमा एकपटक बलात्कृत हुने गरेका छन् । प्रत्येक ९ जनामा एक जना बलात्कृत हुने साउथ अफ्रिकन मेडिकल रिसर्च काउन्सिलको अध्ययनले देखाएको छ । दक्षिण अफ्रिका प्रहरीका अनुसार ४१ प्रतिशत बलात्कार घटनामा बालबालिकाहरु पीडित रहेका छन् भने ११ प्रतिशत ११ वर्ष मुनिका पीडित रहेका छन् ।
एक अध्ययनका अनुसार ५० प्रतिशत बालबालिका १८ वर्ष पुवर्त नै यौन शोषणको शिकार हुने गरेका छन् ।
२. स्वीडेन
स्वीडेनमा प्रत्येक चार जना महिलामा एक जना बलात्कारको शिकार हुने गरेको अध्ययनले देखाएको छ । सन् २०१३ को रिपोर्ट अनुसार प्रत्येक १ लाखमा ६३ जना महिला बलात्कार हुने गरेको थियो ।
३. अमेरिका
अध्ययनका अनुसार १९.३ प्रतिशत महिला र २ प्रतिशत पुरुष अमेरिकामा बलात्कृत हुँदै आइरहेका छन् ।
यएसए टुडेले सार्वजनिक गरेको रिपोर्टमा ७९ प्रतिशत बलात्कारका पीडितहरुको उमेर २५ वर्षभन्दा कम उमेरकाको रहेको छ । त्यस्तै ४० प्रतिशत पीडितहरु १८ वर्ष मुनिका रहेका छन् । रेप, एबुज एण्ड इनसेस्ट नेशनल नेटर्वकका अनुसार प्रत्येक १०७ सेकेण्डमा प्रत्येक एक जना यौन शोषणको शिकार हुने गरेका छन् ।
४. युके
एक अध्ययनका अनुसार महिला पुरुष दुवैलाई समावेश गरेर हेर्दा युकेमा ८५ हजार बलात्कारको शिकार भएको देखाएको छ ।
अर्को अध्ययनका अनुसार युकेमा १६ वर्ष कटेपछि प्रत्येक पाँच जना महिलामध्ये एकजना यौन शोषणको शिकार हुने गरेको छ ।
५. भारत
एक अध्ययनका अनुसार प्रत्येक दिन ९३ जना महिलाहरु बलात्कार हुने गरेका छन् । प्रत्येक २० मिनेटमा एक महिला बलात्कार हुने नेशनल क्राइम रेकर्ड बिउरोले रिपोर्ट सार्वजनिक गरेको थियो ।
सन् २०१० यता भारतमा बलात्कारका घटना ७.५ प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।
६. न्युजील्याण्ड
एक अध्ययनका अनुसार प्रत्येक दुई घण्टामा यौन शोषणको घटना हुने गरेको छ । १६ वर्ष लाग्नुपुर्व प्रत्येक तीन जनामा एक जना एक युवती र प्रत्येक ६ जनामा एक जना केटा यौन शोषणको शिकार हुने गरेका छन् ।
७. क्यानडामा
क्यानडामा प्रत्येक वर्ष चार लाख ६० जार यौन शोषणका घटनाहरु हुने गरेको हफपोस्टले जनाएको छ ।
उक्त घटनामा ८३ प्रतिशत ‘डिसेबल महिला’हरु पीडित रहेका छन् । प्रहरीको रिपोर्ट अनुसार १७ प्रतिशत त १६ वर्ष मुनीका बालबालिकाहरु रहेका छन् ।
८. अष्ट्रेलिया
एक अध्ययनका अनुसार अष्ट्रेलियामा प्रत्येक वर्ष एक लाख भन्दा बढी बलात्कारका घटनाहरु हुने गरेहको छ । अष्ट्रेलियन फेडरल प्रहरीका अनुसार ५१, २०० अष्ट्रेलियन १८ वर्षका र सोभन्दा माथि यौन शोषणको शिकार हुने गरेका छन् ।
९. जिम्बाबे
एक अध्ययनका अनुसार जिम्बाबेमा प्रत्येक ९०मिनेटमा एक महिला बलात्कृत हुने गर्छन् । प्रत्येक दिन १६ जना महिला बलात्कार हुने गरेको अध्ययनले देखाएको छ ।
१०. युरोप
युरोपियन युनियन एजेन्सीले देखाएको एक रिपोर्ट अनुसार प्रत्येक तीन महिलामध्ये एक जना यौन शोषणको शिकार हुने गर्छन् । त्यसबाहेक पाँच प्रतिशत बलात्कार हुने गरेको छ । एक सर्वेका अनुसार फिनल्याण्डमा ४७ प्रतिशत महिला र डेनमार्कमा ५२ प्रतिशतहरु यौन शोषणको शिकार हुने गर्छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका
- 3 minutes ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। सहरमा नसर्ने तर
पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
- 4 minutes ago

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
- 7 minutes ago

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्लाकोट, तिङ्करलगायतका
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।