सबैभन्दा बढी चिनजानको व्यक्तिबाट बालिका बलात्कार

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । पछिल्लो समयमा बालबालिका यौन दुव्र्यवहार र बलात्कारको शिकार हुने गरेका छन् । 

 

सूचना प्रविधिको विकासक्रमसँगै बालअधिकार सम्वद्र्धनसम्बन्धी सम्बन्धित सरोकारवालाको प्रयत्न, बहस र पैरवी हुँदाहँुदै कतिपय प्रवृत्तिगत सामाजिक गलत मूल्य, मान्यता र अन्धविश्वासका कारणले पनि बालबालिका यौन दुव्र्यवहारको शिकार हुने गरेका छन् । यसबारेमा अधिकांश घटना बाहिर आए पनि कतिपय घटना बाहिर आउन सकिरहेका छैनन् । 

 

केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा ९८ बालबालिकामाथि बाल यौन दुव्र्यवहार र बलात्कार भएका घटना प्रकाशमा आएका छन् । यस अवधिमा एक बालक विदेशी नागरिकबाट यौन दुव्र्यवहारमा परेका छन् भने ९७ बालिका बलात्कृत भएका छन् । 

 

स्वीस नागरिक पिटर भन्ने व्यक्तिले फेसबुकबाट चिनजान गरी नेपाल आएर बाल यौन दुव्र्यवहार गरेका थिए । निजमाथि कानूनी कारवाही अगाडि बढाइएको छ । 

 

बालिका बलात्कार भएका घटनामध्ये १२ बालिका सामूहिक बलात्कारमा परेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए । घटनालाई हेर्दा सामूहिक बलात्कारमा परेकी दुई बालिका सुस्तमनस्थितिका थिए । बलात्कारका घटनालाई विश्लेषण गर्दा सबैभन्दा बढी चिनजानको व्यक्तिबाट ३६ बालिका बलात्कार भएको समितिले जनाएको छ । 

 

प्रतिवेदनअनुसार छिमेकीबाट १९, आफ्नै बुबा तथा हाडनाताबाट १७, प्रधानाध्यापक तथा शिक्षकबाट छ, सरकारी कर्मचारीबाट तीन, घरेलु बालश्रममा रहेका चार र अपरिचित व्यक्तिबाट ११ बालिका बलात्कृत भएका छन् । हाडनाताबाट बलात्कार भएका १७ बालिकामध्ये नौ बालिका आफ्नै बाबुबाट बलात्कार भएका छन् । बलात्कारमा संलग्न अभियुक्तमध्ये १५ बालक नै रहेको र ६० वर्षमाथिका व्यक्तिबाट सात बालिका बलात्कृत भएको सूचना अधिकारी चन्दको भनाइ छ । 

 

बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा पाँच वर्ष वा सोभन्दामुनि नौ, छ देखि १० वर्षका १९, ११ देखि १४ वर्षका ४४ र १५ देखि १८ वर्षका २५ बालिका रहेका छन् । समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले बालबालिकालाई हिंसा, दुव्र्यवहार, शोषण, भेदभाव, अपहरण, उपेक्षा, हेपाइ र बेवास्ताजस्ता हानिकारक अभ्यासबाट संरक्षण गर्नु मुख्य त अभिभावकको दायित्व हो भन्छन् । 

 

सबैभन्दा कम उमेरको महोत्तरीमा आठ महीने बालिकालाई अपहरणपश्चात बलात्कार गरी हत्या गरिएको छ भने ११ देखि १४ वर्ष उमेरका बालिका धेरै सङ्ख्यामा बलात्कारबाट पीडित भएका छन् । उक्त घटनामध्ये सर्वाधिक चर्चामा रहेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको घटनाका विषयमा हालसम्म पनि सत्यतथ्य बाहिर आउन सकिरहेको छैन । तर अनुसन्धान जारी छ । सत्यतथ्य पत्ता लगाउनेबारे प्रतिपक्ष राजनीतिक दलका नेताहरुले संसद्मा समेत पटक–पटक कुरा उठाउँदै आएका छन् । 

 

यस अवधिमा ४६ जिल्लामा भएका जम्मा घटनामध्ये जिल्लागत रुपमा विश्लेषण गर्दा सबैभन्दा बढी सप्तरी र पाल्पामा पाँच÷पाँच बालिका बलात्कारबाट पीडित भएका छन् । बालबालिका यौन दुव्र्यवहारबाट मात्र नभई बलात्कार, बालविवाह, हत्या, बालश्रम, बेचविखन तथा ओसारपसार, अपहरण र बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजायबाट समेत पीडित हुनुपरेको छ । 

 

बाल यौन दुव्र्यवहारको अन्त्य गर्ने हो भने सरकार र सरोकारवाला सङ्घ÷संस्थाले बालबालिकाको हकहित र अधिकारका लागि निर्माण गरिएको संविधान, ऐन÷कानून र नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । बाल दुव्र्यवहार जोकसैबाट जहाँ पनि हुनसक्ने भएकाले यस बारेमा बालबालिकादेखि अभिभावकसम्म सबै सतर्क, सचेत र सजग रहन आवश्यक छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 9 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 9 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

  • 12 hours ago
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।