किन क्षतिपूर्ति लिन जाँदैनन् बलात्कृत ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

भैरहवा ।  बलात्कृत भएका पिडितलाई पुर्नस्थापना गर्न क्षतिपूर्ति दिने कानुनी व्यवस्था छ । तर, मुद्धा किनारा लागेपछि अधिकांश पिडित क्षतिपूर्ति लिन जाँदैनन् । अदालतबाट करणी मुद्धामा दोषी ठहरीएकाबाट जेल सजायसँगै क्षतिपूर्ति भराउने आदेश भए पनि पिडितले क्षतिपूर्ति लिन नगएको पाइएको हो ।

 

चालु आर्थिक वर्ष ०७४/०७५ को असार ११ गतेसम्म करणीसम्बन्धी ५० मुद्दा दायर भएको छ । जसमा १९ वटा मुद्दा फ्र्छौयट भएको जिल्ला अदालत रुपन्देहीको प्रशसान शाखाका प्रमुख गंगाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार गत आव ०७३/०७४ मा ८६ वटा कारणी मुद्दा दायर भएकोमा ५४ वटा फ्र्छौयट भइसकेका छन् । यी दुई वर्षमा दायर भएका मुद्दाको घटनामा दोषी ठहरीएका प्रतिवादीबाट क्षतिपूर्ति भराउन आदेश भए पनि कसैले क्षतिपुर्तिको लागि अदालतमा दरखास्त नदिएको जिल्ला अदालत रुपन्देहीका तहसिल शाखाका प्रमुख तहसिलदार प्रेम नारयण पराजुलीले जानकारी दिए ।

 

दोषी ठहरीएका घटनामा क्षतिपूर्ति भराउन रकम उल्लेखसहित आदेश भएपनि पीडितले पहिचान खुल्ने डरले क्षतिपूर्ति लिन नआएको उनको भनाइ छ । मुद्दा फैसलासम्म पिडितको पहिचान गोप्य राखिएको हुन्छ । तर क्षतिपूर्ति प्राप्त गर्न पिडितले आफ्नो पहिचान खोलेर दराखस्त दिनुपर्ने प्राबधान छ । पिडितले क्षतिपूर्तिभन्दा पनि प्रतिवादीलाई सजाय गराउन मुद्दा लड्ने हुँदा प्रतिवादीले पाएको जेल सजायमा पिडित सन्तुष्ट हुने हुँदा क्षतिपूर्तिका लागि नआउने गरेको उनको भनाइ छ ।

 

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका मुख्य न्यायधिवक्ता कोशहरी निरौलाले आफुहरुले पिडितलाई क्षतिपूर्ति प्राप्त गर्न सक्ने कानुनी व्यवस्थाबारे परामर्श दिने गरे पनि मुद्दा फैसला भएपछि मुद्दामा चासो नदिने र क्षतिपूर्तिका विषयमा कुनै जानकारी/सहयोग लिन नआउने उनले बताए । आजको अन्नपूर्ण पोस्ट्बाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

  • 3 hours ago
रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

  • 7 hours ago
इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

रुसको एक विद्यालयमा गोली चल्यो

  • 8 hours ago
रुसको एक विद्यालयमा गोली चल्यो

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।



पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”