यस्तो पनि बुबा ! जसले दुई छोरीलाई विगत १५ वर्षदेखि जबरजस्ती करणी गर्दै आए

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौं । हाम्रो छिमेकी मुलुक भारतमा फेरि अर्को आश्चर्यजनक घटना बाहिरिएको छ, जहाँ आफ्नै बुबाले दुई छोरीलाई विगत १५ वर्षदेखि जबरजस्ती करणी गर्दै आएका छन् । यो घटना हाम्रो छिमेकी मुलुक भारतको उत्तर प्रदेशको राजधानी लखनाऊको हो । ती यौन पिपासु बुबाले आफ्नै दुई छोरीलाई १५ वर्षसम्म यौन हिंसा गर्दै आएका छन् । यो विषयमा मुख खोलेमा उनले मार्ने धम्की दिदै आएका थिए ।

 

जब ठूली छोरीले हिम्मत गरेर आशा ज्योति केन्द्रलाई पत्र लेखेर पठाइन्, तबमात्र पीडित दिदी–बहिनी आफ्नो बुबाबाट यौन शोषणको चंगुलबाट छुट्नका लागि गुहार पाए । पत्र पाउने वित्तिकै आशा ज्योति केन्द्रको टिमले गत आइतबार राति घरबाट उद्दार गरे र बाल कल्याण समिति (सीडब्ल्युसी)लाई बुझाएको छ । त्यसपछि समितिको उजुरीपछि प्रहरीले मुद्दा दर्ता गरेको छ । आरोपित बुबाको विरुद्धमा लखनाऊको चिनहट थानामा उजुरी दर्ता गरिएको छ । तर ती यौन पिपासु बुबा भने अझैं फरार रहेका छन् ।

 

जानकारी अनुसार आरोपित बुबा एक ठेकेदार हुन् । उनले वर्षौंदेखि आफ्नै दुई छोरीलाई यौन शोषण गर्दै आएका थिए । ती दुई छोरी मध्ये ठूलो छोरीको उमेर २२ वर्ष र अर्की छोरीको उमेर १५ वर्ष भएको जनाइएको छ । प्रहरीले आरोपित बुबाविरुद्ध पोक्सो अन्तर्गत मुद्दा दर्ता गरेको छ । 

 

पीडित छोरीहरुका अनुसार आफूलाई यौन शोषण गर्न आफ्नै आमाले बुबालाई सहयोग गर्ने गर्थिन् । साथै यो विषयमा मुख खोलेमा मारिदिने धम्की दिदै आएका थिए । बुबाले यसै घिनलाग्दो हर्कतबाट ठूली छोरी ५–६ पटकसम्म गर्भवतीसमेत बनेकी थिइन्, तर आफ्नै आमाले हरेक पटक गर्भ तुहिने चक्की खुवाएर मुख बन्द गर्न लगाउँथिन् । 

 

अहिले प्रहरीमाझ उजुरी दर्ता भइसकेको छ भने फरार बुबाको खोजी भइरहेको जनाइएको छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

  • 9 hours ago
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्

भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

  • 9 hours ago
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग

ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

  • 9 hours ago
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।

विचित्र विश्व

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।