‘बिहेको बहाना बनाएर इज्जत लुट्यो’

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • शनिबार, १६ भदौ, २०७५
  • 4 years ago
  • नेपाल

कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमै अर्की १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् ।

 

बेलडाँडी गाउँपालिकाकी किशोरीको बिहीबार राति बलात्कार भएको हो ।चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए । उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया गाउँ लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्स्पेक्टर सुरेन्द्रबहादुर बमले बताए । 

 

युवकले फोन गरेर बोलाउँदा किशोरीको घरमा पूजा चलिरहेको थियो । फोन आएपछि छोरी दौडिँदै सडकतिर गएको उनका बाबुले प्रहरीलाई बयान दिएका छन् । बलात्कारमा संलग्नमध्ये दुई युवकलाई किशोरीले चिनेको बताएकी छिन् । फरार चारैजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवार र स्थानीयले मध्यरातमा घरबाटै अपहरण शैलीमा लगेर बलात्कार गर्नेलाई कारबाहीको माग गरेका छन् । घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायत पनि शुक्रबार घटनास्थल पुगेका थिए ।

 

एसपी कडायतले किशोरीको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको बताए । किशोरीको अवस्था जटिल नरहेको उनले बताए । किशोरीले बताएको आधारमा पहिचान भएका दुईजनाविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन् । दोषी भाग्ने भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

 

किशोरीका बाबु भन्छन् ‘बिहेको बहाना बनाएर इज्जत लुट्यो’

 

राति करिब साढे १२ बजेतिर सत्यनारायणको कथा सकेर हामीले खाना खाइसकेका थियौँ । घर र छरछिमेकका स–साना नानीहरू बुफर लगाएर आँगनमा नाच्दै थिए । छोरीको मोबाइलमा एक्कासि फोन आयो । उनी फोन उठाउँदै सडकतिर गएको केटाकेटीले पनि देखेका रहेछन् । केटाकेटीले मोटरसाइकलमा राखेर लगेको बताएपछि हामी एकैछिनमा त्यतातिर लाग्यौँ । मेरो घरभन्दा झन्डै एक किलोमिटर पर सडकको छेउमै बलात्कार गरेर भागेछन् । छोरीले दुई केटाहरूलाई चिनेकी रहिछ । विवाह गर्छु भन्दै बोलाएको रहेछ । तर, इज्जत लुट्यो । नयाँपत्रिकाबाट


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 10 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 10 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

  • 12 hours ago
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।