सुन्दै कहाली लाग्दो घटनाः तीन वर्षदेखि घरमै बन्धक बनाएर बलात्कार

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
सांकेतिक फाेटाे

कोहलपुर । कोहलपुरकी १३ वर्षीया बालिका तीन वर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ। परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा पीडितका दाजुले गरेका छन्।

 

बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन्। ‘मैले आन्टी ९काकी०लाई पटक(पटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो। हजुरबुवाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केही बोलिनँ’, बहिनीको भनाइ उद्धत गर्दै उनले भने।

 

उनी पहिलो पटक १० वर्षकी हुँदा बलात्कृत भएकी थिइन्। नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यहरूले नै संरक्षण गर्दै आएको खुलासा भएको हो। परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफूलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनाइ छ। आफू १० वर्षको हुँदा २०७२ सालमा हजुरबुवाले पहिलो पटक बलात्कार गरेको र त्यसयता लगातार हजुरबुवाले घरमै बन्धक बनाइ बलात्कार गर्दै आएको उनले बताएकी छन्।

 

बन्धक बनाएर बलात्कार गरेपछि पीडित मानसिक समस्याग्रस्त भएकी छन्। परिवारले मानसिक समस्याग्रस्त पीडितको भारतमा उपचार गराएको थियो। उनका दाजुले पछि पनि उस्तै समस्या देखिएपछि दाङको अस्पतालमा उपचार गराएका थिए। उपचारलगत्तै पीडित फेरि बर्बराउने, मान्छेलाई झम्टने, न्याय देऊ नत्र आत्महत्या गर्छु भन्ने जस्ता असामान्य व्यवहार देखाउन थालेकी थिइन्।

 

नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यहरूले नै संरक्षण गर्दै आएको खुलासा भएको हो।

 

यस्तो व्यवहार हिंसा वा बलात्कारको सिकार भएका व्यक्तिले देखाउने भन्दै स्वाथ्यकर्मीले उनको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणमा उनीमाथि बलात्कार भएको पुष्टि भएको उनका दाजुले बताएका छन्। थप उपचारका लागि भैरहवामा गरिएको स्वास्थ्य परीक्षणमा पनि उनी बलात्कृत भएको पुष्टि भएको थियो।

 

त्यसपछि राजधानीस्थित मानसिक अस्पताल र थापाथलीस्थित प्रसूति अस्पतालमा उपचारका क्रममा पीडितले वास्तविकता बताएकी थिइन्। त्यसलगत्तै मामाघर दाङ फर्किएर हजुरबुवाविरुद्व प्रहरीमा उजुरी गर्ने निर्णय गरेको पीडितका दाजुले बताए। पीडितले इलाका प्रहरी कार्यालयमा गत शुक्रबार उजुरी दर्ता गरेकी थिइन्। प्रहरीले शुक्रबार नै आरोपी हजुरबुवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रहरीले आइतबार बलात्कार आरोपी हजुरबुवाविरुद्व मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ। आजको अन्नपूर्ण पोस्ट्बाट


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 5 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 5 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 5 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।