बलात्कार घटना न्यूनीकरणका लागि सरकारलाई दबाब दिन हस्ताक्षर

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • शुक्रबार, २२ भदौ, २०७५
  • 4 years ago
  • नेपाल
सांकेतिक फाेटाे

बुटवल । बलात्कार घटना न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न सञ्चारीका समूह लुम्बिनीले बुटवलमा हस्ताक्षर अभियान शुरु गरेको छ । 

 

यहाँस्थित पुष्पलाल पार्कमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर सङ्कलन गरिएको थियो । सञ्चारीका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीलगायत प्रदेशसभा सदस्यले पनि ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरेका थिए । 

 

सो अवसरमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले चेतनाको अभाव वा अन्य कारणले गर्दा महिला बलात्कृत हुनबाट रोकिएको छैन भन्दै यसको न्यूनीकरणका लागि यस्ता दबाबमूलक क्रियाकलापको अपरिहार्यता रहेको बताए । 

 

अभियानका क्रममा एक हजार जनाले हस्ताक्षर गरेका थिए । सङ्कलन गरिएको हस्ताक्षर प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेको सञ्चारीका समूह लुम्बिनीकी अध्यक्ष अनमोलले जानकारी दिए । 

 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देही, अन्तर पार्टी महिला सञ्जाल तिलोत्तमा नगरपालिका, दलित महिला सङ्घ (फेडो), महिला जेसिस, स्वतन्त्र विकास समाज, रेडियो मुक्ति, रेडियो रिपब्लिक, सिद्वार्थ सामुदायिक समाज, सेलर्ड रुपन्देही, कदम नेपाल लगायत संस्थाले ऐक्यबद्धता जनाएका थिए । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 7 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 7 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 7 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।