Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छः मुख्यमन्त्री  चौधरी

प्रदेश सरकार प्रतिपक्षसँगै हिँड्न चाहन्छः मुख्यमन्त्री  चौधरी


तुलसीपुर। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन्।
आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरुसँगसँगै हिँड्ने, उनीहरुका माग सम्बोधन गरेर हिँड्न चाहेको बताए।
त्यस्तै उनले सहमति र सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिनेसमेत विचार राखे। “प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था छ”, उनले भने, “यस्तो अवस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो।”
साथै उनले सभामा मर्यादित भाषामा बोल्न सुझाव दिए। मुख्यमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि छलफलमा भाग लिएको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

काठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त

कांग्रेसमा खुसी र सन्तुष्टि ल्याउन आवश्यक छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेको बताएका छन् । पश्चिम

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर दुई

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र

मन्त्री चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट

Techie IT