पोखरामा १० वर्षीया बालिका झाडीमा मृत भटिए, बलात्कारपछि हत्याको आशंका
- बुधबार, १० असोज, २०७५
- 4 years ago
- समाचार

कास्की । पछिल्लो समय नेपालमा बलात्कार पछि हत्या हुनेक्रम अत्याधिक बढिरहेको समयमा मंगलबार साँझ पनि कास्कीमा एक बालिकाको हत्या भएको छ ।
बालिकाको हत्या गरी नग्न अवस्थामा झाडिमा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । पोखराको पुम्दीभुम्दीमा बिस्कुट किन्न घरबाट पसल हिँडेकी १० वर्षीया बालिका मृत फेला परेकी हुन् । सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न पसल हिँडेकी पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया बालिका श्रीया विक मंगलबार मृत फेला परेकी हुन् ।
घरबाट पसलतर्फ जाने बाटोनजिकैको झाडीमा उनको शव भेटिएको स्थानीयले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेका छन् । बिस्कुट किन्न हिँडेकी श्रीया अबेरसम्म घर नआएपछि आफन्तले खोजी सुरु गरेका थिए । मंगलबार बिहान ८ बजेतिर स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी आमासँगै पुम्दीभुम्दीस्थित मामाघरमा बस्दै आएकी थिइन् । श्रीया लीला आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् ।
शरीरको तल्लो भाग लुगाविहीन, निधारमा चोट
झाडीमा मृत भेटिएकी श्रीयाको शव घटनास्थलमा घोप्टो परेको अवस्थामा थियो । निधारमा ढुंगाले हानेको जस्तो चोट रहेको र रगत लागेका तीनवटा ढुंगा शवसँगै रहेको पाइएको छ । उनको शरीरको तल्लो भागको कपडा खोलिएको र माथिको भागको कपडा घाँटीसम्मै सारेको अवस्था भेटिएको थियो । आजको नयाँ पत्रिका दैनिकबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ
- 46 seconds ago

दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थि
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
- 14 minutes ago

मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
सत्ता गठबन्धनको बैठक बस्दै
- 1 hour ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।