‘चिनेका व्यक्तिबाटै यौनहिंसा’

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • शनिबार, २७ असोज, २०७५
  • 3 years ago
  • नेपाल

 काठमाडौँ ।  विज्ञहरूले चिनेजानेका व्यक्तिबाटै ६८ प्रतिशत यौनजन्य हिंसा हुने गरेको बताउनुभएको छ । उहाँहरूले यौनजन्य हिंसाका घटनामध्ये ८० प्रतिशत घटना मादक पदार्थ सेवनपछि हुने गरेको तथ्य पनि औंल्याउनुभयो । 

 

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित सुशील कोइराला मेमोरियल फाउन्डेसनले शुक्रबार यहाँ आयोजना गरेको ‘यौनजन्य अपराध स् कारण र समाधान’ विषयक छलफल कार्यक्रममा विज्ञहरूले सो जानकारी दिनुभएको हो । 

 

छलफलमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक देवेन्द्र सुवेदी, मानव अधिकारकर्मी चरण प्रसाई, पत्रकार बबिता बस्नेत र मनोविज्ञानविद् करुणा कुँवरले विज्ञको रूपमा छलफल गर्दै यौनजन्य हिंसाका घटनाको प्रकृति र प्रवृत्तिबारे चर्चा गर्नुभएको थियो । 

 

यौनजन्य हिंसाका घटनामा वृद्धि भएका र यसका पछाडि नागरिकमा आएको चेतना र आमसञ्चार माध्यमको पहुँच भएको जानकारी पनि दिइयो । 

 

नेपाल प्रहरीमा आर्थिक वर्ष २०६९र७० मा जबर्जस्ती करणीका घटना ६७७ दर्ता भएकोमा २०७३र७४ मा एक हजार १३९ घटना दर्ता भएको जानकारी दिइयो । यस्तै, सर्वोच्च अदालतमा २०६९ मा दुई हजार ३९४ घटना दर्ता भएको थियो भने २०७४ मा दोब्बर वृद्धि भएको देखिन्छ । २०७४ मा चार हजार ७४९ उजुरी दर्ता भएको थियो । 

 

विज्ञहरूले कञ्चनपुरको घटनाबाट नेपाल प्रहरीको छवि धमिलिएको र सरकारका जिम्मेवार व्यक्तिले बोलेका भनाइ नागरिकप्रति राज्य उत्तरदायी बन्न नसकेको टिप्पणी गर्नुभयो । 

 

राज्यको पहिलो उत्तरदायित्व भनेकै नागरिकको जीउधनको सुरक्षा गर्नु हो भन्नुहुँदै पूर्वमन्त्री नवीन्द्रराज जोशीले नेतृत्वको व्यक्तित्वबाट राष्ट्रको सम्मान बढ्ने भएकाले राज्यका जिम्मेवार व्यक्तिहरूले बोलेको भनाइ पनि त्यक्तिकै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 

 

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले यौनजन्य हिंसाको अन्त्यका लागि घर परिवार, विद्यालय र समाजबाटै अभियान सुरु गर्नुपर्ने खाँचो औंल्याउनुभयो । गोरखापत्रबाट


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 10 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 10 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

  • 12 hours ago
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।