राप्रपा महाधिवेशन जेठमा
- मंगलबार, १४ साउन, २०७६
- 3 years ago
- राजनीति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी जेठमा केन्द्रीय महाधिवेशन गर्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी माघ महीनाबाट स्थानीय तहदेखिका परिषद् बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रारम्भ गर्ने निर्णय गरेको छ ।
समान विचारधारा भएका दलहरुबीच एकता गर्ने राप्रपा ९संयुक्त० को निर्णयलाई पार्टीले स्वागत गर्दै देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण गर्न एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य दललाई बैठकले आग्रह गरेको छ । पार्टीले सरकार समक्ष बुझाएको २२ बुँदे माग पूरा गराउन सरकारसँग चाँडो दोस्रो चरणको वार्ता गरिने जनाइएको छ ।
बैठकले सङ्गठन निर्माण वर्ष २०७६ कार्ययोजना पारित गर्दै भ्रातृ सङ्गठनको अधिवेशन आउँदो वैशाखभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । यही साउन २४ र २५ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, भदौ महीनाभित्र सम्पूर्ण जिल्लामा जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने, विसं २०७७ असोजभित्र सबै गाउँपालिका र नगरपालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।
सक्रिय सदस्य वितरण कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने बताइएको छ । चतराधाम–त्रिवेणी हिन्दूराष्ट्र पुनःस्थापना सङ्कल्पयात्रा आगामी आउँदो मङ्सिरको अन्तिम हप्तामा प्रारम्भ गर्ने निर्णय गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 6 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 31 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
दिनेश र अनुको स्वरमा ‘गैँडा चुरोट’ गीत सार्वजनिक
- 39 minutes ago
काठमाडौँ। गायक दिनेश गौतम र अनु सिंहको स्वर रहेको ‘गैँडा चुरोट’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार गायक गौतमकै युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो। विदुर तिमल्सिना ‘देवदुत’ को शब्द रहेको
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।