यस्तो रहेको छ माघ १ गतेको तपाईको भाग्य– बुधबार

वि.सं.२०७६ साल माघ ०१ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी १५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिनमान २६ घडी १६ पला । माघ (मकर संक्रान्ति। माघी पर्व। उत्तरायण आरम्भ। देवघाट, वराहक्षेत्र, शंखमूल आदि तीर्थस्थलहरूमा मकरस्नान। मकरस्नान सुरु। 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । व्यापार व्यावसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाडिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यावासायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । 

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उद्योग तथा व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाई लेखाईमा भनेजस्तो नतिला हात पार्न सकिने हुदा दाजुभाई तथा आफन्तहरु खुसी हुनेछन् । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यापार फस्टाएर जानेहुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउँने योग रहेकोछ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै हराउँदै अगाडि बढ्न सकिनेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा आउने समस्याका कारण कामहरु प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुदा आटिला तथा पराक्रमी क्रिर्याकलापमा पछि परिनेछ । समाजमा तपाईको कामको आलोचना हुनेछ । साझपख समय राम्रो रहेकोले पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुदा बिदेश तथा बिदेशसँग सम्बन्धित कामहरु रोकिन सक्छ । तरपनि बिदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागि भने समय फलदायी रहनेछ । बिदेशी लगानीमा सञ्चालित सस्थाबाट मनग्गे लाभ लिन सकिनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आर्थिक अवस्था उकास्न गरिने क्रियाकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको बिकास हुनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ भने थप लगानी बढाउँने बाताबण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियाली छाउँनेछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठूला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृड हुनेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्वहरुले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईको आलोचना गर्नेहरु बढ्नेछन् । 

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु संग्रह गर्न सकिनेछ । शुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछछन् । भौतिक सम्पति तथा बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । साझपख भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।  

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) जीवनशैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । साझपख समय राम्रो रहेकोले व्यापारमा बृद्धि भई लगानी थप्न सकिनेछ । 


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 3 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 3 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 4 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।