यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–माघ ०४ गते

वि.सं.२०७६ साल माघ ०४ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी १८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ कृष्णपक्ष । तिथि– अष्टमी, ०४ घडी ५६ पला, बिहान ०८ बजेर ५६ मिनेट उप्रान्त नवमी । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३१ मिनेट । 

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिति मजभुत हुने तथा व्यापार व्यवसायमा मनग्गे आम्दानी हुनेछ । लामो दूरीको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो प्रगति हुने हुदा मन प्रशन्न रहनेछ । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पूरानो रोग तथा समस्याहरु स्वत ठीक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । अदालतबाट आउँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुनाले एक किसिमको उमङग शरीरमा आउँनेछ । 

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढीनै मेहनेत गर्नुपर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानी हुनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसी हुनेछन् । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) उद्योग तथा उत्पादनमूलक व्यावसायमा लागानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दूरीको उपलब्धिमूलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढेर नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सानातिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । दाजुभाईले तपाईको काममा सहयोग गर्ने हुनाले ठूला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामान्य स्वास्थ्य सम्बन्धि समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भर पर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । 

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । बिशिष्ट व्यत्तिहरुको भेटघाटले  व्यावसायमा लगानि बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सरकारी तथा पैत्रिक धन तथा सम्पति प्रयोग मार्फत रोजगारी सिर्जना गरि मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा बृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउँने योग रहेकोछ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउँन सकिनेछ । सत्रु परास्त हुँनेछने भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम आउँनेछ । व्यापार व्यवसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आकस्मिक धन सम्पति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पति हात लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरी उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँन तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैक तथा बित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ ।

 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाई लेखाईमा उपलब्धि हात पार्नको लागि कडा मेहनेतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरी हुनेछ । आफन्त तथा दिदी बहिनीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्ने योग रहेकोछ । स्थाई सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

  • 3 minutes ago
नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

  • 8 minutes ago
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण, यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १ हजार ५३५ कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण

  • 12 minutes ago
नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।