रायोको साग खानुका १२ फाइदाहरु

एजेन्सी । सरल र सर्बसुलभ रुपमा जहाँ पनि पाईने तरकारीको रुपमा हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि फलाउन सक्ने तरकारी पनि हो रायो ।

 

तर रायोका फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा के काम चलाउ हिसावले रायो फालएको धेरै ठाउमा पाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ ।

 

जोर्नी र हड्डी बलियो बनाउँछः रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन के ले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो ।

 

महिनावारीमा राहत दिन्छः रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।

 

शरीरका विकार फाल्छः रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।

 

स्मरणशक्ति बढाउँछः उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

 

 आँखा तेजिलो बनाउँछः रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।

 

मुटु बलियो बनाउँछः मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।

 

क्यान्सरबाट जोगाउँछः रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो । भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

 

डन्डीफोर कम गर्छः रायोको सागमा पाइने तत्वले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ ।

 

 गर्भवतीलाई लाभ गर्छः गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।

 

रुघाखोकीबाट जोगाउँछः रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।

 

पत्थरी हुन दिँदैनः पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।

 

बाथका रोगीलाई राहत दिन्छः रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेश: सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

  • 1 minute ago
गण्डकी प्रदेश: सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

कास्की । गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

  • 5 minutes ago
वाग्मती प्रदेशमा छ वटा विधेयक प्रमाणीकरण

बागमती । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले छ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख प्रसाईंले विधेयक प्रमाणीकरण गरेका बुधबार बसेको वाग्मती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा प

बिग बोस १४ः टास्कको क्रममा राखी शावन्तले पेन्टमा नै पिसाब फेरेपछि...

  • 5 minutes ago
बिग बोस १४ः टास्कको क्रममा राखी शावन्तले पेन्टमा नै पिसाब फेरेपछि...

एजेन्सी । विवादित रियालिटी शो बिग बोसको १४ औं श्रृंखलामा अभिनेत्री राखी शावन्तको प्रवेशले मनोरञ्जनको डोज बढेको छ । बिग बोसको नयाँ एपिसोडमा एक टास्कको क्रममा पेन्टमा नै उनको पिसाब निस्किएको छ ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।