राजी समुदायमा उमेर नपुग्दै विवाह, १६ वर्षदेखिका किशोरीहरु आमा बन्छन् !

  • सोमबार, २३ बैशाख, २०७६
  • 1 year ago
  • नेपाल

लम्की । कैलालीमा वादी र राजी समुदायको बसोबास छ । अल्पसङ्ख्यक राजी र पिछडिएको वादी समुदायमा अधिकांशको बालविवाह हुन्छ । टीकापुर नगरपालिकाको ज्योतिनगरमा राजी र वादीको बस्ती छ । त्यहाँ बस्ने धेरै किशोरीको उमेर नपुगेरै विवाह हुन्छ । विवाहको अन्तर हेर्दा त्यहाँ हिजोको चलन र आजको चलनमा केही फरक छैन । त्यहाँ १६ वर्षदेखिका किशोरी आमा छन् । 

 

आठ कक्षा पढ्दै गरेकी राजी किशोरीले १७ वर्षको उमेरमा विवाह गरिन् । १९ वर्षमा छोरा जन्मियो, परिपक्व नभएर सन्तान जन्माउँदा उनको बच्चा अस्वस्थ जन्मियो । “बालविवाहका कारण बच्चा कम तौलको जन्मियो, बच्चालाई पाँच दिन सघन उपचार कक्षमा राख्नुप¥यो । अहिले पनि बच्चा कमजोर छ”, उनी भन्छिन्, “बालविवाहका कारण मलाइ ढाड दुख्ने समस्या छ, म धेरै काम गर्न सक्दिनँ ।”

 

सोह्र वर्षमा विवाह गरेकी अर्की राजी बालिकाका पनि हाल दुई बच्चा छन् । पहिलो सन्तान १७ वर्षमा जन्माएकी यी किशोरीका दुइटै बच्चा परिवारले हुर्काए । “सानै उमेरमा विवाह गर्दा पाठेघरमा समस्या छ, नियमित औषधि खान्छु, अन्य स्वास्थ्य समस्या पनि शुरु भएको छ”, उनी थप्छिन्, “मेरो केही कमाइ छैन । सासू ससुरासँग मागेर गुजारा चलेको छ । बच्चालाई कसरी राम्रो शिक्षा दिने भन्ने चिन्ता छ ।”

 

स्वयंसेविका जानकी सारु मगर ज्योतिनगर गाउँमा १८ जना २० वर्षमुनिका गभर्वती महिला रहेको बताउँछन् । उनी १६ वर्षमाथिका किशोरी आमा बन्ने अवस्थामा रहेको बताउँदै भन्छन्, “बालविवाहले आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर गर्छ  । धेरै किशोरी आमा कमजोर छन् ।” स्वयंसेविका मगरका अनुसार राजी र वादी बस्तीमा किशोरी २० वर्ष पुग्नै पाउँदैनन् । किशोरी महीनावारी भएपछि यहाँ विवाहको कुरा चल्छ । अभिभावक सचेत भएका छैनन् । 

 

ज्योतिनगर गाउँमै जनज्योति आधारभूत विद्यालय छ, जहाँ कक्षा ८ सम्म पढाइ हुन्छ । ज्योतिनगरमा रहेका अल्पसङ्ख्यक राजी र पिछडिएको वादी समुदायका बालबालिका यहीँ पढ्छन् । कक्षा ८ पढिसकेपछि धेरै किशोरीको बालविवाह हुन्छ । बालविवाह रोक्न विद्यालयले हरेक साताको शुक्रबार जनचेतामूलक कार्यक्रम गर्ने योजना बनाएको विद्यालयका शिक्षक शङ्कर न्यौपानेले बताए ।

 

राजी समुदायका अगुवा चित्रबहादुर राजी बालविवाह न्यूनीकरणका लागि जनचेतना वृद्धि गर्न नसकेकै कारण बालविवाह कायम रहेको बताउँछन् । “राजी शाल्क समाजले जनचेतना जगाउने कार्य त गरेको छ तर गरीबीका कारण बालविवाहलाई रोक्न सकिएको छैन”, उनले भने । अल्पसङ्ख्यक लोपोन्मुख जाति राजी समुदाय विस्तारै आफ्नो पुख्र्यौली पेशा छोडेर रोजीरोटीमै लागेकाले अझै गरीबी घट्न नसकेको र शिक्षामा पछाडि रहेको उनी बताउँछन् ।

 

राजी अगुवा चित्रबहादुरका छोराको पनि बालविवाह भएको हो । उनका छोराले प्रेम विवाह गरेपछि पढाइ बिग्रन्छ भन्दै छोरा र बुहारीलाई अलग अलग राखे । हाल उनका छोरा इञ्जिनीयर र बुहारी आइएससीएजी पढ्दैछन् । यी राजी समुदायका उदाहरणीय दम्पतीमात्र हुन् जसले विवाहपछि पढ्ने वातावरण पाए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सप्तरीबाट देखिएको थुम्का र हिम शृङ्खलाको दृश्य

  • 9 minutes ago
सप्तरीबाट देखिएको थुम्का र हिम शृङ्खलाको दृश्य

राजविराज । सप्तरीको राजविराज नगरपालिका– १ स्थित पडरियाबाट शुक्रबार बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम शृङ्खलाको सुन्दर दृश्य । पडरियादेखि ३ किलोमिटर पूर्वोत्तर भागमा यो पहाड देख्न पाईन्छ

धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या

  • 16 minutes ago
धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो ।

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

  • 48 minutes ago
पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

धादिङवेशी । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने एक बालक पक्राउ परेका छन् । पिङ खेल्न गएकी ४ वर्षीया बालिकालाई बलात्कार गर्ने १४ वर्षीय बालक पक्राउ परेका हुन् ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।