रियलमी बन्यो ‘सुपर डान्सर नेपाल’को मुख्य प्रायोजक

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ। विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’को टाइटल स्पोन्सर गर्ने भएको छ। यो भारतको सबैभन्दा लोकप्रिय र ठूलो रियालिटी शो ‘इन्डियाज सुपर डान्सर’ मा आधारित फ्रेन्चाइज रियालिटी शो हो।

 

हस्ताक्षर समारोहमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मनिष गिरीले भने, ‘प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा ‘सुपर डान्सर नेपाल’ सँग साझेदारी गर्न पाउदा हामी उत्साहित भएका छौँ। बालबालिका भविष्यका प्रतिनिधि हुन्। नेपालका प्रतिभाशाली बालबालिकाहरूका लागि यस्तो उत्कृष्ट प्लाटफर्मको हिस्सा बन्न पाउँदा धेरै खुशी लागेको छ। हामी सुपर डान्सर नेपालका सबै प्रतियोगीलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ।’

 

सुपर डान्सर नेपालका निर्देशक भुषण दाहालले रियलमीसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, ‘युवा र बालबालिकाहरु केन्द्रित ब्राण्ड रियलमीसँगको साझेदारीले पक्कै पनि हाम्रो शोमा उत्साह र स्फूर्ति थपिएको छ। आगामी दिनहरूमा पनि यो साझेदारी अझै मजबुत रहिरहने र नेपालको युवा तथा बालबालिकाको क्षेत्रमा सहकार्यका साथ काम गर्ने आशा राखेका छौं। भारतमा लोकप्रियता पाएको यस शोले नेपाली दर्शकहरूबाट पनि उत्तिकै माया पाउने आशा राखेका छौं। देश तथा देश बाहिर रहेका महत्वाकांक्षी र प्रतिभाशाली नर्तकहरूलाई प्लाटफर्म प्रदान गर्न हामीले शारीरिक अडिसनमा मात्र सिमित नभई डिजिटल अडिसनबाट पनि सहभागीहरू लिइरहेका छौं।’

 

शुक्रबार राति ९ बजे प्रसारण भइरहेको छ। सुपर डान्सर नेपालका लागि सुपर जजको रुपमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रमलाई कविता नेपाली र विल्सन विक्रम राईले सञ्चालन गर्नेछन्।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुड्दागुड्दैको बसमा आगो लागेपछि...

  • 9 hours ago
गुड्दागुड्दैको बसमा आगो लागेपछि...

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

आर्सनलले टोटेनहमलाई हरायो

  • 9 hours ago
आर्सनलले टोटेनहमलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको हो ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

  • 12 hours ago
त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ ।



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।