बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै हजारौँ रोहिङ्ज्या
- आइतबार, १० भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

बङ्गलादेश । म्यानमारको सैनिक दमनका कारण ठूलो सङ्ख्यामा बङ्गलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले ‘न्याय’को माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार (अगस्ट २५ मा) विरोध प्रदर्शन गरेका छन् ।
आफन्तहरूमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै कैयौँले आफुहरु रहेका शिविरहरूमा आफ्ना वेदना पोखेका थिए ।
उक्त दमनका कारण करिब सात लाख रोहिङ्ज्या शरणार्थीले म्यानमारको राखाइन राज्य छोडी विदेशिएका थिए ।
बङ्गलादेश सरकारको नियन्त्रणमा रहेको विश्वमा सबैभन्दा धेरै रोहिङ्ज्या शरणार्थीहरू रहेको शिविरमा शरणार्थीहरूले शान्तिपूर्णरूपमा तर अप्रत्यासित सङ्ख्यामा प्रदर्शनमा सहभागिता जनाएका थिए ।
बङ्गलादेशको कुटुपालुङ शिबिरमा रहेका शरणार्थीहरूले प्रदर्शनमा सहभागिता जनाउँदै ‘हामी रोहिङ्ज्या हौँ ,न्याय चाहन्छौँ’ जस्ता नारा लगाउँदै शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।
रोहिङ्ज्याहरूको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भन्ने नारा लेखिएकोे विशाल न्यानरमा बोकेर प्रदर्शन गरेका थिए ।
शिविरको विभिन्न भागबाट आएका महिला, बालबालिकासहितको हजारौँको सङ्ख्याका सहभागीले रुँदै ३६५ दिन बितायौँ अब हामी क्रोधित बनेका छौँ भन्ने नाराहरूसहितका प्लाकार्ड बोकेर जुलुसमा सहभागिता जनाएको थिए ।
म्यानमारको रोहिङ्ज्या लडाकूले रखाइन राज्यमा भएका ‘अत्याचार’ को विरोधमा गत बर्ष अगस्ट २५ मा प्रहरी चौकीमा आक्रमण गर्दै विद्रोह शुरु गरेका थिए । जसमा एक महिनामा करिब सात हजार रोहिङ्ज्या शरणार्थीले ज्यान गुमाएका मेडिसिन्स सान्स फ्रन्टियर्सको तथ्याङ्कमा छ ।
सहभागी शरणार्थीहरूसँगको कुराकानीमा उनीहरूले गत बर्ष आफ्ना घरहरू गुमाएको स्मरण गर्दै घर छैन आशा पनि छैन भन्ने निकै निराशाजनक अभिव्यक्तिहरू समेत व्यक्त गरेका एएएफपीका सम्वाददाताले शिविरबाट गरेको रिपोर्टिङमा उल्लेख छ ।
उनीहरूले अल्लाहसँग प्रार्थना गर्दै आफूहरूलाई घर फर्काइदिन आग्रहसमेत गरेका देखिन्थ्यो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 11 minutes ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
- 1 hour ago

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र
- 1 hour ago

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।