पूर्वमन्त्री थापालाई आदिकवि ‘रेख सारु मगर’ साहित्य पुरस्कार

दमौली । आदिकवि रेखबहादुर ‘सारु मगर स्मृति तथा साहित्य’ पुरस्कार पूर्वमन्त्री शिवलाल थापा मगरलाई प्रदान गरिने भएको छ ।

 

आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा साहित्य प्रतिष्ठान र नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेश समितिले मगर भाषाका आदिकवि रेखबहादुर सारु मगरको ७७औँ जन्मजयन्तीको अवसरमा उक्त पुरस्कार घोषणा गरेको हो ।

 

तनहुँको दमौली निवासी पूर्वमन्त्री थापालाई प्रदान गरिने उक्त पुरस्कारको राशि रु सात हजार रहेको साहित्य प्रतिष्ठानका अध्यक्ष खड्ग पामी आले मगरले जानकारी दिए । पूर्वमन्त्री थापाले मगर भाषामा सात वटा पुस्तक प्रकाशित गरेका छन् ।

 

प्रतिष्ठानले यस वर्षदेखि आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा नवप्रतिभा पुरस्कार समेत प्रदान गर्ने भएको छ । उक्त पुरस्कार रोल्पाका बेलबहादुर बुढा मगरलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । मगरले खाम भाषामा दुई वटा पुस्तक प्रकाशित गरेका छन् ।

 

दुवै पुरस्कार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रमका अवसरमा घोषणा गरिएको हो । कोभिड–१९ को सङ्क्रमण कम भएपछि एक कार्यक्रमकाबीच उक्त पुरस्कार हस्तान्तरण गरिने प्रतिष्ठानले जनाएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 2 hours ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 3 hours ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 3 hours ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।