रेनेसासले करिब ७ अर्ब डलरमा अर्को कम्पनी खरिद गर्ने
- मंगलबार, २६ भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय
- प्रबिधि

टोक्यो । जापानको सेमिकन्डक्टर कम्पनी रेनेसासले मङ्गलबार ६ अर्ब ७० करोड अमेरिकी डलरमा अमेरिकाको क्यालिफोर्नियास्थित आइडीटी सेमिकन्डक्टर निर्माता कम्पनी खरिद गर्ने घोषणा गरेको छ । उक्त समाचार प्रकाशनमा आएलगत्तै रेनेसासको सेयरमा ५।५४ प्रतिशत वृद्धि भएको थियो ।
कम्पनी खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया सन् २०१९ को मध्यसम्ममा पूरा हुने अपेक्षा गरिएको छ । तर कम्पनी खरिदको अन्तिम टुङ्गो आइडीटीका सेयर लगानीकर्ता र सम्बन्धित नियामक निकायको स्वीकृतिपछि हुनेछ, रेनेसासको विज्ञप्तिमा उल्लेख छ ।
रेनेसासले नयाँ कम्पनी खरिद गर्न ६ अर्ब डलर बैंकबाट ऋण लिने र बाँकी कम्पनीको नगदबाट व्यवस्था गरिने जनाएको छ । नयाँ कम्पनीको खरिदबाट औद्योगिक र सवारीसाधनका क्षेत्रमा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।
जापानका प्रतिष्ठित कम्पनीहरु हिटाची, मित्सुबिसी इलेक्ट्रिक र एनइसीका माइक्रोचिप्स इकाईहरु मर्ज ९बिलय० गरी रेनेसास इलेक्ट्रोनिक्सको स्थापना भएको थियो । तर बजारमा तीव्र प्रतिस्पर्धाका कारण घाटा व्यहोर्न बाध्य यस कम्पनीलाई सरकारी ऋण सहयोगमा सन् २०१३ मा पुनर्जीवित तुल्याइएको थियो ।
कम्पनी घाटामा गएसँगै कामदार कटौती गरिएको थियो । युरोप प्लान्टबाट मात्र एक हजारभन्दा बढी कामदार हटाइएको थियो । त्यसयता कम्पनीको आर्थिक स्थितिमा सुधार आउनुका साथै नयाँ कम्पनी खरिद गर्ने स्थितिमा अहिले देखा परेको छ ।
सन् २०१६ मा रेनेसासले तीन अर्ब २० करोड डलरमा अमेरिकाको सानो चिप निर्माता इन्टरसील खरिद गरेको थियो ।
नयाँ खरिद गर्न प्रस्तावित आइडीटी अर्थात इन्टिग्रेटेड डिभाइस टेक्नोलोजीमा विश्वभर एक हजार ७०० कर्मचारी कार्यरत छन् । यस कम्पनीले सन् २०१७–१८ मा करिब ८४ करोड २८ लाख बराबरको कारोबार गरेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 31 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।