रिपब्लीकन सिनेटरहरुले तीन सामाजिक सञ्जालका प्रमुखमाथि सोधपुछ गर्ने

प्रतिकात्मक तस्बिर

एजेन्सी । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टी आबद्ध सिनेटरहरुले ट्वीटर, फेसबुक र गूगलका प्रमुख कार्यकारी अधिकृतमाथि सम्भावित पूर्वाग्रहका बारेमा बयान लिने भएका छन् । 

 

सिनेटको व्यापार समितिले ट्वीटरका प्रमुख कार्यकारी ज्याक डर्सी, फेसबुकका मार्क जुकरबर्ग र गूगलका सुन्दर पिचाईलाई बयानका लागि बुधबार समितिको बैठकमा डाकेको छ । अदालतबाट आदेश पूर्जी जारी गर्न सक्ने धम्की दिइएपछि उनीहरु तीनै जना भर्चुअल बैठकमा उपस्थित हुन मञ्जुर भएका थिए । 

 

यसै महिना फेसबुक र ट्वीटरले दक्षिणपन्थी झुकाव राख्ने न्यूयोर्क पोष्ट अखबारले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनका सम्बन्धमा प्रकाशित समाचारलाई फेसबुक र ट्वीटरले आफ्ना प्लेटफर्ममा राख्न नदिए पछि त्यसको रिपब्लीकन पार्टीले विरोध गरेको थियो । 

 

न्यूयोर्क पोष्टले छापेको समाचारलाई अमेरिकाका अरु प्रमुख संचारमाध्यमले प्रकाशन नगरेको तथा बाइडेनका छोरा हन्टरले पठाएका भनिएका इमेलहरु पुष्टी नभएको ट्वीटर र फेसबुकले जनाएका छन् । यी इमेलहरु रिपब्लीकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रकाशन गर्न लगाएको र ती पूर्वाग्रही रहेको बताइएको छ । 

 

प्रमुख कार्यकारीहरुसँग प्रश्न गर्नुका अलावा सिनेटरहरुले अनलाइन माध्यममा अभिव्यक्तिको कानुनी संरक्षणका बारेमा पनि सोधपुछ गर्नेछन् । अभिव्यक्ति स्वतन्त्रता र सञ्चार माध्यमले प्राप्त गरिरहेको संरक्षण हालसम्म अनलाइन, सामाजिक सञ्जालजस्ता प्लेटफर्मले पनि प्रयोग गरिरहेका छन् । 

 

अमेरिकी न्याय विभागले प्लेटफर्मले प्राप्त गरिरहेका कतिपय संरक्षणहरु हटाउन अमेरिकी तल्लो सदन कंग्रेस समक्ष अनुरोध गरिसकेको छ । राष्ट्रपति ट्रम्पले सन् १९९६ को सञ्चार कानुन अन्तर्गत यस्तो संरक्षणको हकलाई चुनौती दिँदै एउटा कार्यकारी आदेशमा यसअघि नै हस्ताक्षर गरिसकेका छन् । 

 

सिनेटको बाणिज्य समितिका अध्यक्ष सिनेटर रोजर विकरले लामो समयदेखि सामाजिक सञ्जालका प्रविधि प्लेटफर्मले आफूखुशी वा आफूलाई मन नपरेका व्यक्तिले पोष्ट गरेका सामग्रीलाई सेन्सर गर्ने गरेको बताए । 

 

अमेरिकी राष्ट्रपतिको चुनावअघि राष्ट्रपति ट्रम्प र उनका समर्थकका विवादास्पद एवं झुठा सामग्रीलाई फेसबुक, ट्वीटर र गूगलले हटाउने, रोक्ने वा सेन्सर गर्ने गरेका छन् । ट्रम्प र उनका समर्थकको विचारमा यी प्रमुख सामाजिक सञ्जालले डेमोक्रेटिक पार्टी र यसका उम्मेदवार जो बाइडेनलाई समर्थन गरेको आरोप लगाइरहेका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

  • 2 minutes ago
नेसन्स लिगः इटाली भर्सेस स्पेन, बेल्जियम भर्सेस फ्रान्स

एजेन्सी । युरोपियन नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल 'ड्र' सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले हिजो अन्तिम चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो ।

घरसँगै साह परिवारको सपना खरानी

  • 13 minutes ago
घरसँगै साह परिवारको सपना खरानी

सप्तरी । छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ ।

गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

  • 17 minutes ago
गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा

दमक । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुल



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।