विरहीको निबन्ध सङ्ग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा

काठमाडौं । पाँच दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय रेशम विरहीको ११औँ कृति ‘सत्ता र स्वप्नदोष’ बजारमा आएको छ । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । यो कृतिमा २५ वटा निबन्ध रहेका छन् । आठ वटा प्रभाव अर्थात् व्यक्तिकेन्द्रित छन् भने १७ वटा भावमा आधारित छन् ।  दुई  सय पृष्ठको निबन्ध सङ्ग्रहको मूल्य रु ३२५ रहेको छ ।

 

‘देब्रे आँखा’ नामक निबन्ध सङ्ग्रहबाट चर्चामा रहेका विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत पाँच दशकदेखि सक्रिय छन् । उनको पहिलो कृति विसं २०३५ मा ‘मुलाको बोक्रा’ बजारमा आएको थियो । विसं २०२८ बाट उनी पत्रकारिता क्षेत्रमा लागेका हुन् ।

 

यसअघि उनका निबन्ध ‘देब्रे आँखा’, उपन्यास ‘प्रेमदासको डायरी’, कविता ‘थालथालमा सपना’, ‘मङ्गली गुप्ताको पान’, ‘भित्ताको रङ’ जस्ता कृति चर्चामा छन् । यससँगै उनले ‘आधारभूत पत्रकारिता पाठ्यक्रम’ प्रकाशित गरेका छन् । स्नातकमा ‘भोकेशनल’ पाठ्यक्रममा यो पुस्तक प्रयोग हुने गरेको छ ।

 

पछिल्लो समय क्यान्सर रोगको उपचार गराउने क्रममा उनले लेखेको  ‘सातौँ बादशाहको रातो कोट’ कविता सङ्ग्रह तयार भएको छ । यो कृति छिट्टै प्रकाशन गर्ने तयारीमा रहेको उनले जानकारी दिए । विरही नेपाली पत्रकारिता र साहित्यिक क्षेत्रका अग्रणी व्यक्तित्व हुन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

  • 4 hours ago
विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी र सरकार ठप्पै भएको आरोप लगाएकी छिन् । शुक्रबार दिउँसो थ

परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

  • 5 hours ago
परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उता

‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

  • 5 hours ago
‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

काठमाडौँ । ‘कान्छी मट्याङ् ट्याङ्’को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीतमा तयार भएको गीतमा किरण भुजेल र एलिना चौहानको युगल स्वर छ।



जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।