बस दुर्घटनामा परी मानवीय क्षति भएपछि तीनजना मन्त्रीले राजीनामा दिए

Global IME
Mega Bank
Norvic Hospital

सोफिआ । बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । 

 

पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् । 

 

“हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले आज राजीनामा दिएको छौँ,” क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले शुक्रबार पत्रकारहरुसँग भने । 

 

गत शनिबार पश्चिमी बुल्गेरियामा भएको बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने चार जनाको अवस्था चिन्ताजनक रहेको छ । 

 

प्रधानमन्त्री बोयको बोरिसोभले शुक्रबार बिहानै तीनै जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यसको केही समयपछि तीनै जना मन्त्रीले राजीनामा दिएका हुन् । 

 

दुर्घटनापछि सम्वन्धित मन्त्रालयका उच्च अधिकारीहरुको तर्फबाट अपेक्षित र पर्याप्त सहयोग तथा तदारुकता नदेखिइएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएका थिए । 

दुर्घटनाबारेमा अहिलेसम्म बसका चालकलाई मात्रै दोषी भएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ'

  • 8 minutes ago
'हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ'

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस

बाँकेमा बेपत्ता दुई जनाको शव फेला

  • 13 minutes ago
बाँकेमा बेपत्ता दुई जनाको शव फेला

बाँके । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ ।

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री

  • 15 minutes ago
प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।