भोलिदेखि मलमास, के गर्ने, के नगर्ने ?

प्रतिकात्मक तस्बिर

काठमाडाैँ । यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ ।

 

महिनामा दुई वटा सङ्क्रान्ति प¥यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् । 

 

असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।

द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।

 

अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिलेमात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिवप्रसाद पोखरेलले बताए । क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ । 

 

क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ  ।

 

अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?

 

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम छ ।

 

मलमासको समयमा महादान, माङ्गलिक कार्यअर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राष्ट्रपति भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

  • 3 minutes ago
राष्ट्रपति भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

भादगाउँ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएक

भक्तपुरमा हालसम्म ७१ जना कोरोना संक्रमितको मृत्यु

  • 12 minutes ago
भक्तपुरमा हालसम्म ७१ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्

नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाकाे मृत्यु

  • 2 hours ago
नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १६ जना मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।