रोएटर्सका पत्रकारको मुद्दाबाट पछि हट्न आग्रह
- मंगलबार, १९ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

म्यान्मारमा रोहिंग्या समुदायको पक्षमा रिपोर्टिङ गरी यहाँको सैनिक कानूनको उल्लङ्घन गरेको आरोपमा लगाइएको मुद्दालाई रद्द गर्न एक न्यायाधीशलाई सोमबार आग्रह गरिएको हो ।
रोहिंग्या मुस्लिम समुदायका नागरिकमाथि भएको बर्बर दमन तथा हत्यालाई बाहिर ल्याउनु रोयटर्सका रिपोर्टरको कर्तव्य भएको उनीहरूका वकीलको दावी रहेको छ ।
म्यान्मारको सरकारी गतिविधिको गोपनीयता सम्बन्धी ऐनको विपरित हुनेगरी रिपोर्टिङ गरेको आरोपमा ३२ वर्षीय वा लोन र २८ वर्षीय सोए उमाथि सैनिक कारबाहीका समय भएका घटना बाहिर ल्याई सैनिक गोपनियता भङ्ग गर्न खोजेको आरोपमा बढीमा १४ वर्षसम्मको जेल सजायको मागसहित मुद्दा दायर गरिएको छ ।
उनीहरूलाई मुद्दाको अनुसन्धानका लागि भन्दै विगत छ महिनादेखि म्यान्मारको जेलमा राखिँदै आएको छ ।
म्यान्मारका नागरिक उनीहरूलाई गत डिसेम्बरमा सङ्कटग्रस्त राखिने राज्यबाट पक्राउ गरिएको थियो । उनीहरूलाई राखिने राज्यमा सैनिक कारबाहीसम्बन्धी गोप्य तर संवेदनशील कागजातलाई नियन्त्रणमा लिई राज्यका विरुद्ध अनर्गल प्रचार गरिएको दावी गरिएको छ ।
उनीहरूको पक्षमा मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकले समर्थन गर्दै सञ्चारकर्मीको पक्राउ प्रेस स्वतन्त्रता र रोहिंग्या सङ्कटबारे हुने सूचनालाई लुकाउने प्रयास भएको बताएका छन् ।
गत सोमबार यहाँका एक न्यायाधीशले पक्राउ परी जेलजीवन विताइरहेका सञ्चारकर्मीबारे सुनुवाई हुने वा नहुने भन्ने बिषयमा यही जुलाई ९ गते अदालतले निर्णय दिने बताउनुभएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
झापाबाट अवैध सामान बरामद
- 2 minutes ago

झापा। झापाबाट अवैध सामान बरामद भएको छ। झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु
व्यक्तिगत स्वास्थ्य तथ्याङ्कसहित सेवाको तयारी गर्दै काठमाडौँ महानगरपालिका
- 14 minutes ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नागरिकहरुको स्वास्थ्य अवस्था विवरण अद्यावधिक गर्ने तयारी गरेको छ। रोग, उपचार र औषधि सेवान सम्बन्धी व्यक्तिको अवस्था सर्वेक्षणबाट काम थालिनेछ। सहरमा नसर्ने तर
पेसावर मस्जिदमा भएको हिंसात्मक हमलाको निन्दा
- 15 minutes ago

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गर्नुभएको छ ।पेसवासरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।