यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबाट विदा मागेका छन् । 

 

ती मध्ये केहि अभिनेत्री जो बलिउडमा फ्लप भएर पनि अरबौँ पैसामा रमाइरहेका छन् कारण उनीहरुले निकै धनि व्यक्तिसँग बिहे गरे । ती अभिनेत्रीमा आयशा टाकिया, अमृता अरोरा र सेलिना जेटली पर्छन् । 

 

 

आयशा टाकिया 

 

सन् १९८६ जनवरी १० मा भारतमा जन्मिएकी अभिनेत्री आयशा टाकियाले बलिउडमा ‘टार्जन द वन्डर कार’ बाट आफ्नो करियर शुरु गरेकी थिइन् । उनको पहिलो फिल्मलाई धेरैले मन पराए । राम्रो अभिनयका कारण उनलाई ‘फिल्म फेयर अवार्ड’ पनि प्रदान गरिएको थियो । 

 

तर टाकिया अभिनित थुप्रै फिल्म फ्लप भए । त्यसपछि उनले फरहान आजमीसँग बिहे गरिन् । जो निकै सफल व्यवसायी हुन् । भने ससुरा नेता । १० मिलियन डलरका मालिक आजमीको परिवारमा टाकिया पनि निकै सुखमय जीवन विताइरहेकी छिन् । 

 

अमृता अरोरा 

 

सन् १९८१ जनवरी ३१ मा जन्मिएकी अभिनेत्री अमृताले बलिउडमा २००४ सालमा ‘गर्लफ्रेन्ड’ नामक फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । चर्चित अभिनेत्री मलाइका अरोराकी बहिनी अमृताले केहि फिल्ममा काम गरिन् तर उनी अभिनित फिल्म चलेनन् । 

 

फिल्ममा चल्न नसकेपछि उनले शकील लन्डकसँग बिहे गरिन् । उनी भवनहरु निर्माण गर्ने कम्पनीका मालिक हुन् । उनको कुल कमाई १२ मिलियन डलर रहेको छ । र उनको कमाईमा अमृता खुशी जीवन बिताइरहेकी छिन् । 

 

सेलिना जेट्ली 

 

यी अभिनेत्रीलाई बलिउड उद्योगमा निकै कम चिनिन्छ । ‘मिस इन्डिया’ समेत भइसकेकी यी अभिनेत्री ‘मिस यूनिभर्स’ पनि भइसकेकी छिन् । निकै सुन्दर यी अभिनेत्रीले बलिउडमा आफ्नो नाम चलाउन सकिनन् । र अन्त्यमा उनले पनि व्यवसायीसँग बिहे गरिन् । 

 

उनका पति पीटर पनि खरबौँका मालिक हुन् । 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

  • 11 minutes ago
कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

एजेन्सी । कंगना रनौतको ट्विटर एकाउन्ट सस्पेनड गर्न मुम्बईको उच्च अदालतमा माग गरिएको छ। उच्च अदालतमा एउटा याचिका दायर गरिएको छ, जसमा भनिएको छ कि कंगना रनौतले आफ्नो ट्वीटरबाट देशभर घृणा र वितृष्णा फैलाउ

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

  • 12 minutes ago
मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेन ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो । ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फो

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

  • 17 minutes ago
चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्न



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।