Techie IT
२०८२ वैशाख ३०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठAustraliaअष्ट्रेलियामा ‘रङ्गेली’को ‘ग्रान्ड प्रिमियर’ हुने

अष्ट्रेलियामा ‘रङ्गेली’को ‘ग्रान्ड प्रिमियर’ हुने


काठमाडौँ। छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को अष्ट्रेलियामा ‘ग्रान्ड प्रिमियर’ हुने भएको छ। नेपालमा यस वर्षको महाशिवरात्रिको दिन फागुन २५ गते रिलिज हुने यो चलचित्र माघको अन्तिम हप्ता अस्ट्रेलियामा प्रिमियर गरिने पक्का भएको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए।

यस चलचित्रको लागि अस्ट्रेलियाको वितरक कम्पनी ‘हट बिट्स ईभेन्टस्’ले प्रिमियर तथा रिलिज गर्नेछ। प्रिमियरमा नेपालबाट कलाकारहरूसहितको चलचित्र टिम त्यहाँ पुग्नेछ। त्यहाँका प्रतिष्ठित नेपालीहरू, कूटनीतिक व्यक्तिहरू, पत्रकारहरू तथा चलचित्रकर्मीहरूमाझ चलचित्रको प्रिमियर गरिनेछ। संयुक्त राज्य अमेरिकामा पनि सार्वजनिक प्रदर्शन अगाडि नै यसको प्रिमियर हुने बताइएको छ।

सो कम्पनीले ‘वेस्ट भ्यालु’ प्रदान गरी अष्ट्रेलियाको वितरण अधिकार खरिद गरेको ‘रङ्गेली’को निर्माण पक्षले बताएको छ। आम दर्शकको लागि भने अष्ट्रेलियासहित नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न मुलुकहरूमा नेपालको रिलिज मितिमा नै एकसाथ रिलिज हुने खतिवडाले बताए।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ। हाल चलचित्रको मोरङको रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड क्षेत्रमा यसको छायाङ्कन भइरहेको छ।

यस चलचित्रको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन हुनेछ। नेपाली चलचित्रले पहिलो पटक यस प्रकारले गीत छायाङ्कन गर्न लागेको हो। सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने सनुप पौडेल र अन्नु चौधरीको स्वर रहनेछ। चलचित्रका अन्य गीतहरूमा भने सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह(निर्माता हुन्। विवेक खड्का (योलो) एशोसियट निर्माता हुन्। यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’,…

काठमाडौँ । आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको

चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा

काठमाडाैँ । आजदेखि दुई बहुप्रतीक्षित नेपाली चलचित्रहरू ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी चलचित्रहरूले

भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

काठमाडौँ । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई

रारा ताल पुगेर अभिनेता प्रदिपले भने, ‘कर्णालीवासीले क्षतिपुर्ति माग्नुपर्छ’

मुगु । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै भव्य रूपमा

‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने

काठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ ।

चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया

Techie IT