रुसलाई आर्थिक रुपमा कमजोर बनाउन सक्ला त युरोप ?
- आइतबार, २५ बैशाख, २०७९
- 1 month ago
- युके
- अन्तर्राष्ट्रिय

एजेन्सी । युरोपेली संघको कार्यकारी आयोगले ६ महिनामा रूसी तेलको आयात हटाउने योजना प्रस्ताव गरेको छ।
युरोपको उद्देश्य रूसलाई आर्थिक रूपमा कमजोर बनाउने हो।
तर, युरोपले कहिलेसम्म रुसी इन्धन बिना काम गर्न सक्छ, साथै यसले रूसको अर्थतन्त्रलाई कति असर गर्छ भन्ने प्रश्न उठेको छ ।
विश्वका अन्य देशको तुलनामा रुसको कच्चा तेल युरोपमा सबैभन्दा बढी निर्यात हुन्छ। बीपी स्ट्याटिष्टिकल रिभ्यु अफ द वर्ल्ड इनर्जीका अनुसार सन् २०२० मा रूसको २६ करोड टन कच्चा तेल निर्यातमध्ये १३ करोड ८० लाख टन अर्थात ५३ प्रतिशत युरोपमा आएको थियो। युरोपमा प्रयोग हुने सबै कच्चा तेल आयात गरिन्छ। आयातित कच्चा तेलको एक चौथाइ रुसबाट मात्रै आउँछ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का अनुसार युरोपेली संघले युद्धअघि प्रतिदिन २२ लाख ब्यारेल कच्चा तेल र १२ लाख ब्यारेल प्रशोधित तेल उत्पादन गरेको थियो। युरोपेली देशहरूले रुसको सट्टा अमेरिका र अफ्रिकाबाट तेल खरिद गर्ने विकल्प छ। यद्यपि युरोपले मध्य पूर्वी देशहरूबाट पनि किन्न सक्छ। अहिले मध्यपूर्वको तेलको निर्यात मुख्यतः एसियामा हुने गरेको छ । तर, वर्तमान प्रणालीमा देखिएको परिवर्तनले युरोपेली देशहरूका लागि कठिनाइहरू सिर्जना गर्नेछ।
ईयुले कहाँबाट कति पेट्रोलियम तेल किन्छ ?
रूसः २४.८ प्रतिशत
नर्वेः ९.४ प्रतिशत
अमेरिकाः ८.८ प्रतिशत
लिबियाः ८.२ प्रतिशत
कजाकिस्तानः ८.२ प्रतिशत
नाइजेरियाः७.१ प्रतिशत
इराकः ६.६ प्रतिशत
ब्रिटेनः ५.५ प्रतिशत
साउदी अरेबियाः ५.५ प्रतिशत
अन्यः १६.९ प्रतिशत
(स्रोतः यूरोस्टेट)
स्टेटिस्टा रिपोर्ट अनुसार, उत्पादन मूल्यको आधारमा जर्मनी युरोपेली संघ भित्र रूसी तेलको सबैभन्दा ठूलो आयातकर्ता हो। सन् २०२१ मा जर्मनीले २३६० मिलियन अमेरिकी डलरको कच्चा तेल, पेट्रोल र डिजेल आयात गरेको थियो। त्यसपछि पोल्याण्ड, नेदरल्यान्ड्स, फिनल्याण्ड, बेल्जियम, बेलायत, लिथुआनिया र अन्य देशहरू छन्।
रूसी बजेटको एक प्रमुख स्तम्भ हो उर्जा। रुस सरकारले २०११ र २०२० को बीचमा तेल र प्राकृतिक ग्यासबाट आफ्नो आयको ४३ प्रतिशत प्राप्त गरेको थियो। युद्धको विरोध गरे पनि, रुसी तेल र ग्यास युरोपेली देशहरूले आपूर्ति गरिरहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल
- 10 hours ago

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेप
आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा
- 10 hours ago

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ १९ असारसम्म सरेको छ ।
कुटपिट गरेर कम्युटर अपरेटरको गाडी लुट्ने ३ भारतीय नागरिक पक्राउ
- 10 hours ago

धनगढी । कैलालीको भीम दत्त राजमार्ग अन्तर्गत गोदावरीमा डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।