रूसद्वारा यूक्रेनी राजनीतिज्ञ तथा व्यवसायीविरूद्ध प्रतिबन्ध
- शुक्रबार, १६ कार्तिक, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

मस्को, रूस । रूसले सयौँ यूक्रेनी नागरिक तथा दर्जनौँ कम्पनीविरूद्ध बिहीबार आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । प्रतिबन्ध यूक्रेनले रूसमाथि लगाएको पछिल्लो आर्थिक प्रतिबन्धको प्रतिरोधस्वरूप आएको मस्कोले जनाएको छ ।
प्रधानमन्त्री दिमित्री मेदभेदेभले सरकारी सञ्चारमाध्यममा प्रकाशित प्रतिबन्धसम्बन्धि उक्त कागजातमा अस्ताक्षर गर्नुभएको छ । पत्रमा ३२२ जना यूक्रेनी नागरिक तथा ६८ व्यापारिक प्रतिष्ठानको सम्पत्तीलाई रोक्का गर्ने जनाइएको छ ।
सम्पत्ती रोक्का गरिएका तथा रूससँग आर्थिक कारोबारका लागि प्रतिबन्ध लगाइएका व्यक्तिहरूमा यूक्रेनका पूर्व प्रधानमन्त्री यूलिया टाइमोसेन्को तथा गृहमन्त्री आर्सेन अभाकोभ लगायत रहेका पत्रमा जनाइएको छ । त्यसैगरी रक्षा मन्त्री र यूक्रेनी सभामुखलाई पनि प्रतिबन्ध लगाइएको छ ।
रूसले प्रतिबन्ध लगाएका कम्पनीहरूमा अधिकांश रासायनिक कम्पनी तथा खानीजन्य कम्पनी परेका पनि मस्कोले जनाएको छ ।
मस्कोले रूसी नागरिक तथा कानूनी निकायमाथि यूक्रेनमा शत्रुवत व्यवहार देखाएको दावी गर्दै उनीहरूलाई आर्थिक प्रतिबन्ध लगाइएको जनाएको छ ।
रूसी प्रशासनिक केन्द्र क्रेमलिनले यदि कीभको तर्फबाट सम्बन्धलाई सामान्यिकरण गर्ने राजनीतिक पहल व्यक्त भएमा प्रतिबन्धलाई हटाउन आफुहरू तयार रहेको जनाएका छन् ।
रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँगको नियमित जानकारीमा यूक्रेनी अधिकारीबाट तत्काल प्रतिबन्ध हटाउने पहलका लागि केही नजनाएको बताउनुभयो ।
यूक्रेनी पूर्व प्रधानमन्त्रीले आफ्नो रसियासँग कुनै व्यवसायिक उपस्थिति नरहेकोले यसबारे ‘खासै चासो’ नराखेको बताए ।
यसैबीच यूक्रेनी राजनीतिक विश्लेशक भोलोदिमिर फेसेन्कोले भने कीभका धेरै अधिकारीलाई प्रतिबन्धको सूची सम्मानको चिन्ह्का रूपमा लिने भन्दै प्रतिबन्धप्रति हल्का टिप्पणी जनाए ।
फेसेन्कोले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “यूक्रेनी अधिकारीलाई महत्वको कुरा सूचीमा को छ भन्दा पनि को छैन भन्ने हो । सूचीमा भएका अधिकारीहरूलाई निर्वाचनमा विजय प्राप्त गर्न सजिलो हुनेछ ।”
रूसले सन् २०१४ मा क्रिमियालाई गाभेपछि यूक्रेनसँगको विवादले थप सशक्तता पाएको छ । मस्कोले पूर्वी यूक्रेनमा भएको विद्रोहमा यूक्रेनले सघाएको आरोप लगाएको छ । पूर्वी यूक्रेनमा भएको विद्रोहमा कम्तीमा १० हजार व्यक्तिको ज्यान गुमेको थियो ।
कीभले रूसी कम्पनीलाई आफ्नो भूभागमा नियन्त्रण गर्न विभिन्न उपायहरू ल्याएको छ । गत बर्ष उसले रूसी प्रसिद्ध सामाजिक सञ्जाल तथा ‘सर्च इन्जिन’ यान्डेक्सको पहुँचमा रोक लगाएको थियो । लाखौँ यूक्रेनीले प्रयोग गर्ने उक्त सामाजिक सञ्जालमाथिको प्रतिबन्धले कम्पनीलाई प्रभावित तुल्याएको थियो ।
संयुक्त राज्य अमेरिका र यूरोपले यूक्रेनविरोधी गतिविधि गरेको आरोपमा धेरै चरणमा रूसमाथि प्रतिबन्ध लगाएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 52 seconds ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै
- 3 minutes ago

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?
- 16 minutes ago

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।