युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न रूसलाई दवाब, युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने रूसको भनाइ
- आइतबार, १८ मंसिर, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । रूसले युक्रेनबाट आफूले कब्जा गरेका नयाँ क्षेत्रलाई मान्यता दिन पश्चिमले अस्वीकार गर्दा शान्ति वार्ता हुन कठिन भएको बताएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको सङ्केत गरेपछि क्रेमलिनले आफू वार्ताका लागि खुला भए पनि युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने बताएको छ । रुसले गत सेप्टेम्बरको अन्त्यमा आफूले कब्जा गरेका चार युक्रेनी क्षेत्रलाई गैरकानुनी रूपमा आफ्नो देशको भू–भागका रूपमा विस्तार गरेको दावी अमेरिकालगायत यसका सहयोगी यूरोपेली मुलुकले गरेका छन् र त्यसलाई मान्यता दिन नसकिने बताउँदै आएका छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति बाइडेनले रूसी सेनाले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव हुँने बताएको र रूसका लागि यो स्वीकार्य नभएको बताएका छन् । “यसले वार्ताका लागि पारस्परिक आधारको खोजीलाई जटिल बनायो,” उनले भने। सेप्टेम्बरको अन्त्यमा राष्ट्रपति पुटिनले चारवटा युक्रेनी क्षेत्रहरूलाई रूसको भागको रूपमा घोषणा गर्नुभएको थियो । रूसले लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिज्या आफ्नो कब्जामा लिएको घोषणा गरिसकेको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार पत्रकारहरूसँगको कुराकानीमा यदि वास्तवमा उनी .पुटिनं युद्ध अन्त्य गर्ने बाटो खोज्दै छन् भन’ आफू रूसी नेतालाई भेट्न तयार रहेको बताउनुभएको थियो ।
यसैबीच सेप्टेम्बरपछि पहिलो पटक रूसी राष्ट्रपति पुटिन र जर्मन चान्सलर ओलाफ सोल्ससँग कुराकानी गरेका छन् । क्रेमलिनका अनुसार उक्त कुराकानीका लागि जर्मन पक्षले दबाव दिएको थियो र पुटिनले बर्लिनलाई ‘युक्रेनमा भइरहेका घटनाका सन्दर्भमा आफ्नो दृष्टिकोणमा पुनर्विचार गर्न’ आग्रह गरेका थिए ।
एक घण्टा लामो टेलिफोन कुराकानीका क्रममा जर्मन नेताले आफ्ना समकक्षीलाई कूटनीतिक समाधान खोज्न आग्रह गरेको बर्लिनले जनाएको छ । त्यस्तो आग्रहमा ‘जतिसक्दो चाँडो’ युक्रेनबाट रूसी सेनालाई फिर्ता गर्नु भन्ने कुरा पनि समेटिएको उल्लेख छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 10 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 10 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।