इन्टरपोलको प्रमुखमा रूसी उम्मेदवारलाई नस्वीकार्न आलोचकको आग्रह
- बुधबार, ५ मंसिर, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

मस्को, रसिया । रूस विरोधी केही आलोचकहरूले बुधबार हुन लागेको इन्टरपोल प्रमुखमा रूसी उम्मेदवारलाई नछान्न आग्रह गरेका छन् ।
प्रहरीको अन्तराष्ट्रिय सञ्जाल (इन्टरपोल) मा रूसी नेतृत्व आएमा मस्कोले राजनीतिक रूपमा आफ्ना प्रतिस्पर्धी मानिएका मुलुकविरुद्ध उक्त संगठनको प्रयोग हुनसक्ने भन्दै अमेरिका, अष्ट्रेलिया, यूरोपेली मुलुकहरू लगायतका कतिपय आलोचकले रूसी नेतृत्वलाई नस्वीकार्न अभियान चलाएको बताइएको छ ।
यता रूसले भने इन्टरपोलमा ‘हस्तक्षेप’ गर्ने हङ्गामा मच्चाएर बुधबार दुबई मा हुन लागेको मतदानलाई रूसी उम्मेदवारविरुद्ध प्रचार गरिएकोप्रति दुःख व्यक्त गरेको छ ।
क्रेमलिनको नजरमा दोषी ठहरिएका कतिपय व्यक्तिलाई इन्टरपोलमार्फत् ‘रेड नोटिस’ अथवा अन्तराष्ट्रिय पक्राउ आदेश जारी गरी संगठनको प्रतिष्ठाविपरित काम हुनसक्ने भन्दै कतिपय सञ्चारमाध्यमले नै रूसविरोधी अभिमत जारी गरेको क्रेमलिनको दावी छ । क्रेमलिनले यसलाई अमेरिकाले आफ्नो उम्मेदवार विरोधि अफबाह फैलाउन खोजेको आरोप लगाएको छ ।
रूसी गृहमन्त्रालयका अधिकारी तथा इन्टरपोलका वर्तमान् उप–प्रमुख अलेक्जेण्डर प्रोकोप्चुक उक्त पदका लागि सम्भावित प्रिय पात्र रहेका छन् ।
अमेरिकाका दुबै दल आवद्ध सिनेटरहरूको समूहले यसैहप्ता एउटा खुल्ला पत्र लेख्दै प्रोकोप्चुकलाई इन्टरपोल प्रमुख बनाउनु भनेको ‘फ्याउरोलाई कुखुराको इन्चार्ज’ बनाउनुसरह हुने बताएका थिए ।
रूसले निरन्तर रूपमा इन्टरपोलको दुरूपयोग गर्दै आफ्ना राजनीतिक प्रतिद्वन्द्वी, पत्रकार तथा समूहमाथि विजयको यात्रा तय गर्दै आएको उनीहरूले बताएका थिए । उनीहरूले उक्त रणनीतिमा प्रोकोप्चुक आँफै सहभागी हुनेगरेकोसमेत आरोप छ ।
इन्टरपोलका प्रतिनिधिहरूले सेप्टेम्बरमा चीनमा पुगेका समय वेपत्ता भएका भनिएका चिनियाँ मेङ होङवेईको स्थानमा नयाँ नेतृत्व चयन गर्नेछ ।
बेइजिङ्ले होङवेईले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएको बताएपछि हुने उक्त मतदानमा दक्षिण कोरियाली नागरिक तथा इन्टरपोलका कार्यबाहक प्रमुख किम जोङ–याङले रूसी उम्मेदवारको सामना गर्नेछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा
- 8 hours ago
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
- 8 hours ago
काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी
- 8 hours ago

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।