एपेक बैठकमा रसियाको विरोध
- आइतबार, ८ जेष्ठ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) समूहका वाणिज्य मन्त्रीको शनिबार यहाँ भएको बैठकमा संयुक्त राज्य अमेरिका, क्यानडा र तीन अन्य राष्ट्रका प्रतिनिधिले युक्रेनमा जारी रुसीे आक्रमणको विरोध गरेका छन् ।
बैठकको उद्घाटन सत्रमा रुसी प्रतिनिधिले सम्बोधन गर्न थालेपछि उनीहरू बैठककक्षबाट बाहिरिएका हुन् । एकजना जापानी अधिकारीका अनुसार जापानका वाणिज्यमन्त्री कोइची हागिउडाका साथ अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डका वाणिज्यमन्त्री युक्रेनमा रुसको आक्रमणको विरोध गर्न बैठकबाट बाहिर निस्केका थिए ।
युक्रेनमा जारी रुसी आक्रमणबाट कोभिड–१९ को महामारीले तहसनहस बनाएको अर्थतन्त्रमा थप प्रभाव परेको तथा आर्थिक सुधारका गतिविधिलाई सुस्त बनाउनका साथै मानव जीवन नराम्ररी प्रभावित बनाएकाले विरोधस्वरुप आफूहरूले रुसी समकक्षीको उद्घाटन सम्बोधन बहिष्कार गरेको न्युजिल्याण्डका वाणिज्यमन्त्रीको कार्यालयले जनाएको छ ।
क्यानडाका अन्तरराष्ट्रिय व्यापारमन्त्री मेरी एनजीले आफ्नो देशले युक्रेनमा गरिएको भीषण आक्रमणका लागि रुसलाई जवाफदेही बनाउन धेरै कारबाही गरिसकेको तथा राष्ट्रपति भ्लादिमिर पुटिन र उनलाई उकास्नेविरुद्ध कडा प्रतिबन्ध समावेश गरिएका बताउँदै सबैले दबाब जारी राख्नुपर्नेमा जोड दिए ।
रुसी वाणिज्यमन्त्री रेशेत्निकोभले मन्तव्य पूरा गरेपछि उनीहरू सबैजना बैठकमा पुनःसहभागी भएका थिए । अमेरिकासहितका वाणिज्यमन्त्रीको बैठक बहिष्कार योजनाबद्ध भएको बैठकमा सहभागी एक पर्यवेक्षकले बताए ।
पश्चिमी राष्ट्रहरूले युक्रेनमाथिको आक्रमणको विरोध गर्दै रूसमाथि कडा कूटनीतिक एवम् आर्थिक प्रतिबन्ध लगाएका छन्भने धेरै एपेक सदस्य राष्ट्रहरू तथा विशेष गरी दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकी देशले त्यस्ता कदमबाट आफूलाई टाढा राखेका छन् । युक्रेनको युद्धले व्यापारिक समस्या बढाएको छ भने त्यसले खाद्य क्षेत्रमा आपूर्ति शृङ्खला अवरुद्ध गरेको पारेको छ ।
सन् १९८९ मा सदस्य राष्ट्रहरूबीच आर्थिक एकीकरण र व्यापार प्रवद्र्धन गर्दै आर्थिक वृद्धिलाई बढावा दिन एपेक स्थापना गरिएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
- 1 hour ago

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन्। बैठकमा नयाँ सदस्यहरुक
श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ
- 1 hour ago
मोरङ। श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। रंगेली नगरपालिका– १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शुक्रबार राति ८ बजे मल्लि
सिभिल बैंकको ९९ औं एटियम पोखराको लेकसाईडमा
- 1 hour ago

काठमाडौँ। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियम संचालनमा ल्याएको छ। उक्त एटियमको समुद्घाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरे।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।