सलमान खानको 'बडी डबल' सागरको निधन

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । बलिउड अभिनेता सलमान खानको 'बडी डबल' सागर सलमान पाण्डेको निधन भएको छ । 

 

भास्कर संवाददाताका अनुसार जिममा कसरत गर्ने क्रममा सागरको मृत्यु भएको हो । सागर ४५-५० वर्षका थिए, जो सन् १९९९ देखि सलमान खानको फिल्ममा बडी डबल थिए । ‘कुछ कुछ होता है’ बाट आफ्नो करियर सुरु गरेका उनले ५० वटा फिल्ममा काम गरिसकेका छन् ।

 

यो कुरा सलमान खानको अर्का बडी डबल शान्तनु घोषले भास्करसँगको कुराकानीमा पुष्टि गरेका छन् । उनले भने, 'सागर जिममा कसरत गरिरहेको बेला अचानक बेहोस भयो ।'

 

शान्तनुले अगाडि भने, ‘सलमान खानका फ्यानहरू हाम्रा फ्यान बनेका छन्, यस्तो अवस्थामा हामी पनि उहाँजस्तै फिट हुन जरुरी छ । यदि हामी सामान्य मान्छे थियौं भने फिट रहनु हाम्रो लागि विकल्प हुन्थ्यो तर हामी सलमानको बडी डबल हौं, त्यसैले उहाँ जस्तै फिट रहनु हाम्रो दायित्व हो ।'

 

सागरलाई तुरुन्तै जोगेश्वरी पूर्व, मुम्बईमा रहेको हिन्दी हृदय सम्राट बालासाहेब ठाकरे ट्रमा केयर नगरपालिका अस्पतालमा लगियो । त्यहाँ चिकित्सकले अस्पताल पुग्नुअघि नै सागरको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

 

एक अन्तर्वार्तामा सागरले आफू पनि सलमान खान जस्तै अविवाहित भएको बताएका थिए । सागरका ५ दाजुभाइ छन् र उनीहरुको खर्च सागरले नै बेहोर्दै आएका थिए । 

 

बडी डबलको रूपमा सागरको करियर १९९८ मा आएको फिल्म 'कुछ कुछ होता है' बाट सुरु भएको थियो । यसपछि सागर 'बजरंगी भाईजान', 'ट्युबलाइट', 'दबंग', 'दबंग २' जस्ता फिल्ममा सलमानको बडी डबल बनेका छन् । सागरले अहिलेसम्म ५० वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 3 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 3 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 3 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।