यी देशहरुमा कति छ राष्ट्रपतिदेखि सांसदसम्मको तलब

एजेन्सी । विश्वका अधिकांश देशहरुमा सांसदको तलबलाई लिएर बहस हुने गरेको छ । केही विवादित नै छन् भने कुनै देशको सरकारले सांसदको तलबलाई निकै गम्भिरताका साथ लिदैँ आइरहेको छ ।

 

नेपालमा पनि सांसदको तलब वृद्धि गर्नुपर्ने बहस बेलाबेलामा चलिनै रहन्छ । जनताको सेवा गर्न गएका सांसदहरुलाई धेरै तलब दिन नहुने केही विश्लेषकहरुको भनाइ रहेको छ भने कतिपयले भ्रष्टाचारलाई निरुत्साहित गर्न पनि तलब बढाउनु पर्ने तर्क हुँदै आइरहेका छन् ।

 

विश्वका केही यस्ता देशहरु रहेका छन् जहाँ सांसदहरुको तलब अति नै धेरै रहेको छ भने कतिपय देशमा अति नै कम रहेको छ । 

 

न्युजील्याण्ड

सन् २०१६ को रिपोर्ट अनुसार न्युजील्याण्डकी प्रधानमन्त्री जासिण्डा आर्डेनको तलब ४५९७३९ डलर रहेको छ । त्यस्तै उपप्रधानमन्त्रीको तलब ३२६६९७ डलर रहेको छ । 

 

क्याबिनेट भित्रका सांसदहरुको तलब २८८९०० डलर रहेको छ । त्यस्तै क्याविनेट बाहिरका सांसदहरुको तलब २४३८४१ डलर रहेको छ । व्याकबेन्च सांसदहरुको १६००२४ डलर रहेको छ । 

 

एक अध्ययनका अनुसार जासिण्डा विश्वकै सबैभन्दा धेरै तलब लिने विश्व लिडरमध्ये तेस्रो स्थानमा रहेकी छिन् ।  

 

युके

युकेका सांसदहरुको वार्षिक तलब ७७३७९ पाउण्ड रहेको छ । उनीहरुलाई विभिन्न खर्चका लागि यो तलब बाहेक अन्य खर्च पनि विनियोजन गरिएको हुन्छ । सन् २०१६ मा बेलायती सांसदहरुको तलब ०.४३ प्रतिशतले बढेको थियो । 

 

बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनको तलब १५०४०२ पाउण्ड रहेको छ । क्याबिनेट मन्त्रीको ६९८४४ पाउण्ड रहेको छ र मिनिस्टर अप स्टेटको तलब ३३४९० रहेको छ । 

 

त्यस्तै सचिवको तलब २४०४८ पाउण्ड रहेको छ । 

 

अष्ट्रेलिया

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको तलब ५३८००० अष्ट्रेलियन डलर रहेको छ । त्यस्तै उपप्रधानमन्त्रीको ४५६५०४ न्युजिल्याण्ड डलर रहेको छ । 

 

क्याबिनेट मन्त्रीहरुको तलब ३८४१२८ रहेको छ । अष्ट्रेलियामा विपक्षीको तलब २७८३४१ डलर रहेको छ । ब्याकबेन्च सांसदहरुको तलब २२२६४६ डलर रहेको छ । 

 

क्यानडा

क्यानडाका प्रधानमन्त्री जस्नि ट्रुडेको तलब १९७४६३ न्युजिल्याण्ड डलर रहेको छ । उनलाई २२८६ डलर अलोयन्स पनि दिइन्छ । उनको सम्पुर्ण गरेर ३९४९१८ डलर तलब रहेको छ । क्यानडाका सबै सांसदहरुको तलब १९७४५५ रहेको छ । 

 

अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तलब ४ लाख डलर रहेको छ । त्यस्तै ५३५ जना सांसदहरुको तलब १ लाख ७४ हजार डलर रहेको छ । त्यस्तै सभामुख र माइनोरेटी लिडरको तलब ३३३२२१ न्युजिल्याण्ड डलर रहेको छ । 

 

सांसदहरुको तलब सन् २०१२ देखि नबढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आइपिएलः राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो

  • 3 minutes ago
आइपिएलः राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं सस्करण अन्तर्ग को ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।

राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पताल बनाएपछि...

  • 11 minutes ago
राष्ट्रिय रंगशालालाई नै अस्थायी अस्पताल बनाएपछि...

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले खेल मैदानलाई पनि अस्पतालमा रुपान्तरण गरेको छ ।

'यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेको छ'

  • 6 hours ago
'यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस् सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेको छ'

काठमाडौँ । विश्वभर कोरोना महामारी रहेको छ । कोरोना संक्रमणका कारण कतिले अकालमा ज्यान गुमाइरहेका छन् भने कतिले उपचार समेत पाउन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा गर्ने प्रेस



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।