समाजवादको जग कृषि तर कसरी ? कता जादैँछ कृषिपथ ?

Norvic Hospital
  • सोमबार, ४ आषाढ, २०७५
  • 3 years ago
  • बिचार

 

उद्धव अधिकारी

अध्यक्ष , राष्ट्रिय कृषक समूह महासंघ , नेपाल ।

पहिचान, सम्मानको अभावमा खेतिपातीमा संलग्न किसानहरुको ठूलो सङ्ख्या कृषि पेसाबाट दिनानुदिन बाहिरिँदै छ । हजारौं वर्षदेखि नयाँ  पुस्तामा हस्तान्तरण हुँदै आएको कृषि पेसाको शृङ्खला लगभग रोकिने दिशातर्फ उन्मुख छ । कृषिमा युवालाई आकर्षित गर्न नसक्दा दैनिक १५ सय युवा विदेशी भूमिमा पसिना बगाउन बाहिरिरहेका छन् ।

 

पुर्खाले हजारौं वर्ष लगाएर प्रतिपादन गरेको माटो सुहाउँदो दिगो परम्परागत प्रविधि र अनुभवहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । कृषिप्रधान देशको सरकार यी यर्थाथहरुलाई नजरअन्दाज गर्दै विभिन्न देशका आयातित मोडलमार्फत कृषिक्षेत्रको विकास गर्ने बुद्धि विलासमा तल्लीन छ । हरेक देशले आफ्नो आवश्यकता, औचित्य र मौलिकतामा आधारित आफ्ना नीति तथा कार्यक्रमहरु लागू गर्छन् । अरुले घोडा चढ्यो भनेर हामीले धुरी चढ्नु हुँदैन भन्ने सामान्य ज्ञानको समेत अभाव देखिन्छ । फलस्वरुप गाईलाई काँटछाँट गरेर घोडा बनाउन खोज्दा गाईको समेत हत्या हुने निश्चित छ । विगत ६० वर्षदेखि हामीले लिन खोजेको व्यापारिक कृषिको बाटो किन सफल हुन सकेन र आज हामी खर्बौ रुपैयाँको कृषिजन्य उत्पादन आयात गरिरहेका छौं । यसको जवाफ कसले दिने र?

 

आम नेपालीले संस्कृतिको रुपमा अपनाउँदै आएको कृषि पेसा आफँैमा दुखी पेसा हो । हिलो धूलोसँग मित्रता गाँस्नु पर्ने घाम, पानी, झरी, बादलको पर्वाह नगरी कठोर शारीरिक श्रम गर्नुपर्ने, जलवायु परिवर्तन लगायतका प्राकृतिक प्रकोपहरुसँग जुधेर मात्र नपुगेर बजार र बिचौलियाहरुसँग निरीह हुनु पर्ने पेसा कसैको पनि प्रिय हुन सक्दैन । तर, हाम्रो देशमा अझै पनि ६५ प्रतिशत मानिसहरुले कृषि पेसालाई कृषिमूलश्चः जिवन मानिरहेका छन् ।

 

राज्यले किसान घटाउने सपना देख्दै गर्दा किसान स्वयम्का लागि सहज हुन सक्छ, तर त्यसबाट निस्कने परिणामको आँकलन कसरी गरिँदैछ रु आफू हिँडेको बाटो भत्काउँदै जङ्घारको वस्तीमा पुग्नका लागि गोरेटो कोर्ने असफल प्रयासको शृङ्खला कहिलेसम्म रु संस्कृति र सिङ्गो पर्यावरणको रक्षाकवचको रुपमा रहेको देशका बहुसङ्ख्यक जनतालाई कृषि पेसाबाट झिकेर कहाँ लान खोज्दै छौँ रु धेरै ओटा परियोजनामध्ये २ वर्षअगाडिदेखि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुपर जोनको नाम दिएको एउटा आयोजनाका लागि मात्र एउटै भूगोलमा एकै ठाउँमा जोडिएको हजार हेक्टर ९२० हजार रोपनी० जमिन तराईका केही भू–भागबाहेक सिञ्चित जमिन नेपालको कति ठाउँमा उपलब्ध होला र ?

 

७० प्रतिशत पहाडी भू–भाग रहेको हाम्रो देशमा आजसम्म आइपुग्दा अधिकांश समथर जमिनहरुमा वस्ती विकास भइसकेको छ । १७ प्रतिशत भू–भाग रहेको तराईमा कुल जनसङ्ख्याको ५१ प्रतिशत मानिसहरु बसोवास गर्छन् । राज्यले गर्न खोजेको कृषि कहाँ हो रु के व्यापारिक कृषिले पशुपालन मार्फत प्राप्त हुने मल र हजारौं वर्षदेखि साँचेर राखेका बीउ माथिको आत्मनिर्भरता कायम राख्न सक्ला रु हामी हाम्रो आफ्नो कृषि जानेर वा नजानेर बहुराष्ट्रिय कम्पनीलाई बुझाइरहेका त छैनौं रु स्मरण रहोस् बर्सेनी झन्डै १२ अर्ब मूल्य बराबरको रासायनिक मल आयात गरिरहेका छौं । त्यसैगरी तरकारीको बीउलाई हेर्ने हो भने करिब ९५ प्रतिशत बीउहरु आयातित छन् ।

 

यन्त्र उपकरणहरुको सहजता रहेर पनि समथर भू–भाग रहेको विकशित देशहरुका लाखौं हेक्टर जमिनहरु बाँझै छन् । त्यस्ता ठाउँमासमेत २÷३ सय प्रतिशत अनुदान दिएर कृषि टिकाई रहनु पर्ने अवस्था छ । दक्षिण कोरियाले आफ्ना किसानलाई बाली लगाएवापत प्रतिहेक्टर ८ सय र जापानले ५ सय डलर अनुदान दिएर किसानलाई उत्पादनमा संलग्न गराउँदै आएका छन् । के हामीले लिन खोजेको बाटो पनि त्यही हो ?

 

केही दिन अगाडि एउटा राष्ट्रिय दैनिकमा सानो स्थान दिएर एउटा समाचार छापिएको थियो । जसको शीर्षक थियो ‘भंैसीलाई सुरक्षा भत्ता’ । पशुपालनबाट पलायान हुँदै गरेका किसानहरुलाई प्रोत्साहन गर्दै कृषि पेसाप्रतिको आकर्षणलाई बढावा दिने, किसानहरुको आयस्तरमा वृद्धि गराउने र आफ्नो पालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले बाजुरा जिल्लाको बडिमालिका गाउँपालिकाले सुत्केरी भैंसीलाई पोषणभत्तास्वरुप ५० हजार बजेट विनियोजन गरेको छ । त्यसैगरी ताप्लेजुङको सिलिङवा गाउँपालिकाले सुत्केरी गाईलाई स्याहार खर्चस्वरुप २० हजार दिने निर्णय गरेको छ ।

 

यतिमात्र होइन पशुलाई किसानहरुले घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिने गरेकाले पशुहरुको आयु कम हुने, स्वास्थ्य बिग्रीएर बेला–बेलामा बिरामी हुने र किसानको लगानी खेर जाने जस्ता समस्याको अन्त्य गर्न यस्ता कार्यक्रम आवश्यक पनि छन् । आफ्ना पालिकाभित्र उन्नत जातका दुधालु गाई भैंसी भित्र्याउने किसानलाई ढुवानी स्वरुप २० हजारका दरले अनुदान उपलब्ध गराउने निर्णय पनि गरिएका छन् । झ्वाट्ट सुन्दा सामान्य लाग्ने यस्ता खालका निर्णयहरुले नेपाली कृषिको गहिरो मर्म बोकेको छ । नेपालको सन्दर्भमा अर्बांै रुपैयाँ खर्च हुने ठूला असफल योजनामा रमाउनुभन्दा यर्थाथतालाई स्वीकार गरी तदनुरुपको स्थानीयतामा आधारित साना योजना बनाउनु हजारौं गुणा सान्दर्भिक देखिन्छ ।

 

सङ्घीयाताको अभ्याससँगै ७ सय ६१ ओटा सरकारहरु देशमा कृयाशील भएका छन् । सङ्घीय नीति कार्यक्रम तथा बजेट आइसकेको छ । आगामी केही दिनभित्रै प्रदेश र स्थानीय सरकारहरुले आफ्ना बजेट तथा कार्यक्रमहरु घोषणा गर्दैछन् । संविधानमा लेखिएको समाजवादको जगमा उभिएर नीति, कार्यक्रम तथा बजेट आउँदै गर्दा सम्बन्धित सरकारले केही गम्भीर विषयहरुमा विश्लेषण गरी यथार्थतामा आधारित मार्गचित्र तयार गर्नु जरुरी छ ।

 

संविधानप्रदत्त अधिकार खाद्य सम्प्रभुता, खाद्य अधिकार कि खाद्य सुरक्षा रु, रसायनमा आधारित कृषि कि दिगो कृषि रु, व्यापारिक कृषि कि पारिवारिक कृषि रु, आयातित कृषि कि आत्मनिर्भरमुखी कृषि रु, भूमि बैङ्क कि भूमिसुधार जस्ता विषयमा स्पष्ट भई आफ्नो परिवेशअनुसार ठोस निर्णय लिन सकिएन भने जुनसुकै तन्त्र वा वाद आए पनि जनताले परिवर्तनको प्रत्याभूत गर्ने छैनन् ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यू–२३ एसियन कप छनोटमा नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै

  • 4 minutes ago
यू–२३ एसियन कप छनोटमा नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपालले एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समयअनुसार

आगामी चुनावमा तालमेल गर्छौंः माधव नेपाल

  • 20 minutes ago
आगामी चुनावमा तालमेल गर्छौंः माधव नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीले आगामी चुनावमा तालमेल गर्ने बताएका छन्। बिहीवार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

  • 1 hour ago
जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।