भागबन्डा नमिल्दा समिति गठनमा किचलो

Global IME
Norvic Hospital

काठमाडौं । दलहरूबीच समिति सभापतिमा भागबन्डा नमिल्दा संसदीय समिति गठनमा अलमल देखिएको छ। ‘मिनी पार्लियामेन्ट’का रूपमा चिनिने विषयगत समिति गठन नहुँदा संघीय संसद्का दुवै सदनले नियम निलम्बन गर्दै विधेयकहरू सीधै पारित गर्न थालेका छन्।

 

संघीय संसदन्तर्गत प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र संयुक्त सदनमा २ वटा विशेष समिति गरी १६ वटा समितिको व्यवस्था गरिएको छ। तर सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले समितिमा बस्ने सदस्यको नाम उपलब्ध गराउन पटकपटक आग्रह गरे पनि दलहरूबीच समिति सभापतिमा भागबन्डा नमिल्दा समिति गठनले पूर्णता पाउन सकेको छैन। समिति गठन नहुँदा संघीय संसदको काम कारबाही प्रभावकारी हुन नसकेको संसद्का जानकार बताउँछन्।

 

सत्तासीन नेकपाले प्रमुख विपक्षी कांग्रेसलाई प्रतिनिधिसभाको एक मात्र लेखा समितिको सभापति दिने प्रस्ताव राखेपछि कांग्रेसले चारवटा विषयगत समितिको सभापतिमा दाबी गरेको छ। कांग्रेसले सदनमा आफ्नो एकतिहाइ उपस्थिति रहेको भन्दै त्यसअनुसार समितिको सभापतिमा दाबी गरेको जनाएको छ। तर सत्तासीन नेकपाले ०४८ सालमा सामान्य बहुमत रहेको अवस्थामा कांग्रेसले विपक्षीलाई लेखा समितिको सभापति मात्र दिएको नजिर अघि सारेको छ। ‘संसद्मा हाम्रो उपस्थितिअनुसारको दाबी गरेका हौं’, कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, ‘केकति भन्ने विषयमा सत्तासीन दलले प्रमुख विपक्षी दलका नेतासँग छलफल गरेर टुंगो लगाउनुपर्छ।’

 

कांग्रेसले राष्ट्रियसभामा एक र प्रतिनिधिसभामा तीन वटा विषयगत समितिको सभापतिमा दाबी गरेको छ। तर सत्तासीन नेकपाका नेता भने संसद्मा दलीय उपस्थितिको प्रतिबिम्ब संसदीय समितिमा पर्ने भएकाले कांग्रेसले त्यसअनुसार आफूलाई प्रस्तुत गर्नुपर्ने तर्क गर्छन्। आजको अन्नपूर्ण पोस्ट्बाट । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

  • 7 minutes ago
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

  • 10 minutes ago
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर

लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

  • 28 minutes ago
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।