गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार
- बुधबार, ७ बैशाख, २०७९
- 2 months ago
- साहित्य

काठमाडौँ । वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ ।
वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी नेपाली डायस्पोरामा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण राख्न विशिष्ट योगदान दिएको भन्दै गुरागाईँलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ७५ हजार रहेको छ ।
यस्तै आधुनिक नेपाली गीत, नाटक, चलचित्र र हास्यव्यङ्ग्यको सिर्जना र अभिनयद्वारा नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली डायस्पोरामा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्ने कलाकार रावललाई मानश्री पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
विसं २००४ चैतमा म्यान्माको मोगोकमा जन्मनुभएका वरिष्ठ कलाकार रावलका ‘सुन मायालु’, ‘दुःखीको दाइजो’, ‘जम्काभेट’लगायत कृति प्रकाशित छन् भने दर्जनौँ नेपाली चलचित्र तथा नाटकमासमेत निर्देशन र अभियन ग ।
यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे ९२०५७०, वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (२०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ९२०५९०, वरिष्ठ समालोचक यदुनाथ खनाल (२०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (२०६१), वरिष्ठ उपन्यासकार डायमनशम्शेर राणा (२०६२), वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (२०६३), वरिष्ठ कवि मोहन कोइराला (२०६४), वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी (२०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (२०६६), वरिष्ठ कवि वैरागी काँइला (२०६७), वरिष्ठ कवि धर्मराज थापा (२०६८), वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी (२०६९), वरिष्ठ चित्रकार शशि शाह (२०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (२०७१), वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ (२०६७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (२०७३), वरिष्ठ समालोचक प्रा डा तारनाथ शर्मा (२०७४), वरिष्ठ गायक प्रेमध्वज प्रधान (२०७५), वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (२०७६), आख्यानकार डा ध्रुवचन्द्र गौतम (२०७७) र लोकगायक कुमार बस्नेत (२०७८)लाई सम्मान गरिएको थियो ।
यसैगरी प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी (२०५७), साहित्यकार विनय रावल (२०५८), नाटककार अशेष मल्ल (२०५९), गजलकार ज्ञानुवाकर पौडेल (२०६०), साहित्यकार मञ्जुल (२०६१), कथाकार मधुवन पौडेल (२०६२), कवि विष्णुविभु घिमिरे (२०६३), कवि कृष्णभूषण बल (२०६४), कथाकार भुवन ढुङ्गाना (२०६५), कथाकार सनत रेग्मी (२०६६), कवि विजय बजिमय (२०६७), समालोचक डा रामदयाल राकेश (२०६८), कथाकार डा वेञ्जु शर्मा (२०६९), चित्रकार किरण मानन्धर (२०७०), कलाकार नीर शाह (२०७१), गायक दीप श्रेष्ठ (२०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (२०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (२०७४), गायक भक्तराज आचार्य (२०७५), कलाकार हरिवंश आचार्य (२०७६), साहित्यकार सरुभक्त (२०७७) र गायिका मीरा राणा (२०७८)लाई प्रदान गरिएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित
- 6 hours ago

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोज
बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल
- 9 hours ago

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने
- 9 hours ago

एजेन्सी । सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।