यी हुन विश्व सम्पदा सूचीमा सूचीकृत १० आश्चर्यजनक सम्पदाहरु, यस्ता छन् रोचक पक्षहरु

Norvic Hospital

सयुंक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्कोले कुनै पनि सम्पदालाई त्यसको विशेष साँस्कृतिक र भौतिक महत्वलाई मनन गर्दै सूचीकृत गरेपछि मात्रै त्यो सम्पदालाई विश्व सम्पदा मानिन्छ ।

 

अहिलेसम्म युनेस्कोले सूचीकृत गरेका १००७ सम्पदा मध्ये ७७९ वटा साँस्कृतिक, १९७ वटा प्राकृतिक र ३१ वटा मिश्रित सम्पदाहरु छन् । यो सूचीमा यस्ता १० वटा आश्चर्यजनक सम्पदाहरु छन् जुन उनीहरुको सुन्दरताको कारणले चर्चित छन् । 

 

१. माचु पिच्चु, पेरु

युनेस्कोले सन् १९८३ देखी विश्व सम्पदा सूचीमा राखेको पेरुको माचु पिच्चु लाई इन्काको हराएको शहर भनेर पनि चिनिन्छ । १५ औं शताब्दिमा बनेको यो सुन्दर सम्पदा २४३० मिटर उचाइको पहाडमा अवस्थित छ । 

 

२. गिजा पिरामिड, इजिप्ट

सन् १९७९ बाट विश्व सम्पदा सूचीको रुपमा समावेश गरिएको यो गिजा पिरामिड विश्वका सात आश्र्चयमा समेत पर्छ । नाइल नदीको किनारमा रहेको यो सम्पदाको निर्माण इशापूर्व २५८४ देखी २५६१ सम्ममा निर्माण भएको मानिन्छ ।

 

३. ग्रेट वाल, चीन

१४ औं शताब्दीमा बनेको चिनको ग्रेटवाल सन् १९८७ देखी विश्व सम्पदा सूचीमा सूचीकृत भएकोे हो । यो ८ हजार ८ सय ५०किलोमिटर लामो छ । यो सुन्दर पर्खालको निर्माण चिनियाँ साम्राज्यको उत्तरी सिमालाई फिरन्ते जातिहरुको आक्रमणबाट जोगाउनलाई गरिएको थियो ।

 

४. बगान शहर, बर्मा (म्यान्मार)

म्यानमारको बगान शहरमा ११ औं र १३ औं शताब्दीको बिचमा १० हजार भन्दा बढी बौद्ध मन्दिर, स्तुपा र बिहारहरु प्यागोडा शैलीमा बनेका थिए । अहिले बाँकि भएका २२ सय जति सम्पदाहरुलाई सन् १९९६ मा विश्व सम्पदा सूचीमा राखिएको हो ।

 

५. ताजमहल,आग्रा भारत

सन् १९८३ देखी युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको ताज महलको निमार्ण मुगल सम्राट सारजहाँले आफ्नो रानीको रानीको मृत्युपछि उनको समाधीको लागि बनाउन लगाएका थिए । सिङ्मरमरले बनेको अनुपम कारिगरीको नमूना मानिले यस सम्पदाको निमार्ण सत्रौं शताब्दिमा भएको थियो । 

 

६. मोन्ट सेन्ट मिचेल, फ्रान्स

चट्टानले बनेको यो समुन्द्रि टापुमा बनेको दरबारलाई विश्वकै एक सुन्दर दरबारको रुपमा लिइन्छ । यो टापुको सबैभन्दा उच्च बिन्दु समुन्द्रि सतहबाट ९२ मिटरको उचाइमा छ । केही दर्जन मानिसहरुको बसोबास भएको यो टापुमा वर्षेनी ३० लाख भन्दा बढी पर्यटकहरु आउने गर्छन् ।

 

७. एंकर वाट मन्दिर, कम्बोडिया

सन् १९९२ देखी विश्व सम्पदा सूचीमा राखिएको यो मन्दिर क्षेत्र विश्वकै ठूलो धार्मिक क्षेत्रको रुपमा रहेको छ । हिन्दु मन्दिरको रुपमा निर्माण गरिएको यो सम्पदा अहिले बौद्ध मन्दिरको रुपमा रहेको छ । खमेर राजा सूर्यबर्मनले १२ औं शताब्दिमा निर्माण गर्न लगाएको यो मन्दिर कम्बोडियाको धेरै भ्रमण गरिने स्थानमा पर्छ । 

 

८. एथेन्सको आर्कोपोलिस, ग्रिस

विश्व सम्पदा सूचीमा सन् १९८७ मा समावेश गरिएको यो दरबार एथेन्स शहरमाथि उच्च चट्टानी क्षेत्रमा निमार्ण गरिएको छ । प्राचिन महत्वका थुपै संरचनाहरु भएको यो किल्लालाई युरोपको प्रशिद्ध सम्पदाको रुपमा लिइन्छ । 

 

९. रुपा नूई राष्टिय निकुञ्ज, इस्टर आयरल्यान्ड

सन् १९९५ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको यहाँ मानव आकृतिका धेरैवटा मुर्तिहरु कुदिँएका छन् । सन् १२५० देखी १५०० सम्ममा निर्माण गरिएका मानिने यी आकृतिहरु लहरै मानिसहरु उभिएको झैं गरि छुट्टाछुट्टै ठडिएका छन् ।

 

१०. चिचेन इत्जा, मेक्सिको

माया सभ्यताको केन्द्रविन्दु मानिने चिचेन इत्जा सन् १९८८ देखी विश्व सम्पदा सूचीमा समावेश भएको हो । यो माया सम्पदाको सबैभन्दा ठूलो शहर मानिन्छ । आजपनि धेरै मानिसहरुले यो सम्पदाको भ्रमण गर्ने गरेका छन् ।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यू–२३ एसियन कप छनोटमा नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै

  • 2 minutes ago
यू–२३ एसियन कप छनोटमा नेपालले ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । नेपालले एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समयअनुसार

आगामी चुनावमा तालमेल गर्छौंः माधव नेपाल

  • 18 minutes ago
आगामी चुनावमा तालमेल गर्छौंः माधव नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीले आगामी चुनावमा तालमेल गर्ने बताएका छन्। बिहीवार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।

जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

  • 1 hour ago
जहाजको टिकट नपाउँदा यात्रु अलपत्र, टिकटमा मनोमानी

मार्तडी । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।



पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।