विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा : पूर्वराष्ट्रपति यादव

  • आइतबार, १२ माघ, २०७६
  • 7 months ago
  • नेपाल

भक्पपुर । पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याएका छन् ।

 

भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १० औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गरे ।

 

पूर्वराष्ट्रपति यादवले भने, “अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा अन्न रित्तिसक्यो, ढुङ्गेधारादेखि पानीको स्रोत सबै सुकिसक्यो, तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था अवस्था आउला, त्यही सम्झेर चिन्ता लाग्छ ।”

 

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई  योगदान पु¥याएको चर्चा गर्दै प्राचीनकालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिए । परम्परागत, पुरातात्विक सम्पदा र परम्परागत मौलिक बोकेको घरहरु मासिदै जानु र नेपालको मौलिकता, परिचय नभएका ठूल्ठूला घरहरुको निर्माण हुनु आत्मा नभएको शरीर उभिएजस्तै भएको उनले टिप्पणी गरे ।

 

 नेपालस्थित जर्मन राजदूत रोल्याण्ड सहिफरले पुरीले सम्पदा संरक्षणमा पु¥याएको योगदानको चर्चा गर्दै नेपालको सुन्दरता, मौलिक संस्कृतिलाई जोगाउन सहयोग गर्ने बताए ।  शिक्षाविद् केदारभक्त माथेमाले सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउँदै सरकारको शिक्षाको विकासमा आवश्यकताअनुसार ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।

 

संस्थाका अध्यक्ष पुरीले सम्पदाको संरक्षणमा अझै पनि सरकारका कतिपय निकाय र व्यक्तिले असहयोग गरेको बताउँदै जीवन रहेसम्म सम्पदा संरक्षणमा निरन्तर लागिरहने बताए ।

 

उनले आफ्नो जीवनमा चलअचल रु ४० करोड सम्पत्ति रहेकामा रु २० करोड फाउण्डेशनलाई दान दिएको घोषणा गर्दै आफ्नो जीवनभरमा एक हजार नेपाली परम्परागत एवं मौलिक घर तथा संरचना बनाउने र वार्षिक एक हजार जनालाई सीपमूलक तालीम प्रदान गर्ने जानकारी दिए ।

 

संस्थालाई सहयोग गर्ने रेनर ब्रुस्त, देवेन्द्र भट्टराई, रोशन श्रेष्ठ, राजकुमार श्रेष्ठ, विनोदप्रसाद सत्याल, रमेश शिल्पकार, सुरेन्द्र कोण्डा, घनश्याम खड्का र कर्ण अवाललाई सम्मान गर्नुका साथै रेड मुन नामक पत्रिकाको विमोचन गरिएको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ड्रग केशमा मुछिएपछि दीपिका ट्रोलको शिकार

  • 10 minutes ago
ड्रग केशमा मुछिएपछि दीपिका ट्रोलको शिकार

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण ड्रग्स प्रकरणमा एनसीबी रडारमा परेकी छन् । दीपिकाको ड्रग च्याट बाहिर आएसँगै एनसीवीले अनुसन्धान अगाडि बढाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विश्व गैँडा दिवसः दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

  • 20 minutes ago
विश्व गैँडा दिवसः दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

चितवन । दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो ।

२२ दिनको अस्पताल बसाईपछि डा भोला रिजाल दम्पती कोरोनामुक्त

  • 29 minutes ago
२२ दिनको अस्पताल बसाईपछि डा भोला रिजाल दम्पती कोरोनामुक्त

काठमाडौँ । बरिष्ठ चिकित्सक भोला रिजाल‍ र उनकी श्रीमती कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन्। भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि गत भदौ १४ गतेबाट रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका थिए।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।