संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा विशेष कार्यक्रम
- शनिबार, ५ कार्तिक, २०७९
- 5 months ago
- नेपाल

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित आज विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
सेनाले त्यसक्रममा सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा अन्य सुरक्षा फौजकोसमेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन प्रस्तुत ग¥यो । त्यस अवसरमा काठमाडौँ उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय÷विद्यालय र राष्ट्रिय सेवा दलका शिक्षार्थीद्वारा नृत्यसमेत प्रस्तुत गरियो ।
प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न खेलकुद प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस अवसरमा पाँच किमी वाकाथन र तीन हजार दुई सय मिटर साइकल दौड प्रतियोगितासमेत सञ्चालन गरिएको थियो ।
कार्यक्रमा पूर्वप्रधानसेनापति, रक्षा सचिव नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य प्रमुख, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
‘युएन डे’ का अवसरमा सेनाले आइतबार सैनिक मुख्यालयमा ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्य तथा भावी सवल जिम्मेवारी’ विषयमा अन्तर्राष्ट्रिय कार्यशाला गर्दैछ ।
उक्त कार्यक्रमले विश्वशान्ति स्थापना कार्यमा सेनाको कटिबद्धता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा उजागर हुने सेनाले विश्वास लिएको छ । राष्ट्र सङ्घको स्थापना सन् १९४५ अक्टोबरमा भएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 44 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।