सन्दीपले मेलवर्नका कप्तान म्याक्सवेलको विकेट लिए

सिड्नी । अष्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उनी आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । लामिछानेको टोली होबार्ट सोमबार भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो ।

 

टस जितेर होबार्टले फिल्डिङ रोजेपछि मेलवर्नले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८३ रन बनायो । जितका लागि १८४ रनको लक्ष्य पछ्याएको होबार्टले ६ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । 

 

होबार्टका लागि बेन म्याक डरमोटले ९१ रन बनाए । यस्तै डेभिड मलानले २६ तथा पिटर ह्यान्डकोम्बसले २१ रनको योगदान दिए । बलिङतर्फ मेलवर्नका लागि साम रेनबर्डले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा मेलवर्नका लागि मार्कस स्टोइनिसले अविजित ९७, हिल्टन काटराईटले ३६ तथा निकोलस पुरनले २६ रन बनाए । बलिङतर्फ होबार्टका लागि लामिछानेले एक विकेट लिने । उनले चार ओभर बलिङ गर्दै ३६ रन खर्चिए ।

 

लामिछानेले आफ्नो पहिलो ओभरमा तीन रन खर्चिए । दोस्रो ओभरमा दुई रन खर्चिदै लामिछाने एक विकेट लिन सफल भए । उनले मेलवर्नका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिएका हुन् । लामिछानेले तेस्रो ओभरमा १२ तथा चौथो ओभरमा १९ रन विपक्षी खेलाडीलाई दिएका थिए । यस्तै होबार्टका लागि नाथन इलियसले तीन तथा रेली मेडरिटले दुई विकेट लिए । यसअघि शुक्रबार यस यामको बिग बास लिगमा आफ्नो पहिलो खेल खेल्दै लामिछानेले दुई विकेट लिएका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 19 minutes ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 26 minutes ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 29 minutes ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।