सञ्जय दत्तको अर्को बायोपिक बन्ने

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । केही समयअघि प्रर्दशनमा आएको चलचित्र बलिउड चलचित्र सञ्जु प्रर्दनमा आयो । अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक फिल्म ‘सञ्जु’ ले निकै चर्चा मात्रै पाएन व्यवसायीक रुपमा सफलता पनि पायो । 

 

तर, केही फिल्म समालोचकहरुले  भने सञ्जुको बारेमा असन्तुष्टि नै प्रकट गरे ।  संजय दत्तलाई चोख्याउन ‘सञ्जु’ बनाइएको भन्ने मानिसहरुको भीडको पनि कमी छैन् ।

 

हुनपनि फिल्मले सन्जय दत्तको सकारात्मक पाटोलार्इ मात्र बढी फोकस गरेको छ र सञ्जय आतंकवादी होइनन् भन्ने पुष्टि गर्न फिल्मले धेरै नै मिहिनेत गरेको देखिन्छ ।

 

अब फिल्म निर्देशक राम गोपाल वर्माले पनि संजय दत्तको जीवनलाई आधार बनाएर एउटा फिल्म बनाउने भएका छन् । मुम्बई मिररसँग राम गोपाल वर्माले यसबारे पुष्टि पनि गरेका छन् । त्यसका लागि आफू अहिले सञ्जय दत्त निकटका व्यक्ति तथा प्रहरीहरुसँग छलफल गरिरहेको उनको भनाई छ ।

 

फिल्ममा कुन–कुन कलाकारहरूलार्इ लिइनेछ र संजय दत्तको जीवनसँग जोडिएका कस्ता पक्षलाई फिल्ममा उतारिने भन्ने बारे कुनै जानकारी भने दिइएको छैन ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 3 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 3 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 3 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।