कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको भन्दै अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

Norvic Hospital

एजेन्सी । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ ।  न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । 

 

कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेकी छन् । 

 

“पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,” गभर्नरले भनेकी छन् । 

 

कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ । 

 

अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेकी छन्। 

 

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिइन् । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ । 

 

दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरसको रुपमा ओमिक्रोन कोरोनाभाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्युयोर्कमा संकटकालको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । 

 

न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ । 

 

त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरुलाई समेत विदेशबाट आउने यात्रुहरुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।  


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

  • 48 minutes ago
काठमाडौं उपत्यकाका यी स्थानमा लगाइन्छ बुस्टर डोज

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ भने यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ ।

नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

  • 52 minutes ago
नेपालको नदीमा छाडिएका गोही धमाधम भारतमा पुग्दै

काठमाडौं । नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही ३२ वर्षअघि (वि.सं. २०४६) भारतको पटनामा भेटियो । वास्तविकता नबुझी त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलाइयो ।

युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

  • 56 minutes ago
युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

काठमाडौं । नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति



पर्यटन

आन्तरिक पर्यटक

आन्तरिक पर्यटक

गलेश्वर । बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा घुम्न आएका आन्तरिक पर्यटक ।

जीवनशैली

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ? थाहा छ के हुन्छ यसको असर ?

बोक्रामा कालो दाग भएको केरा खानुभएको छ ?  थाहा छ के हुन्छ यसको असर ?

एजेन्सी । केरा सर्वसुलभ पाइने फलफूलमध्ये एक हो । साथै फाइबर, पोटासियम, भिटामिन बी–६ र भिटामिन सी जस्ता स्वास्थ्यलाई फाइदाजनक भिटामिनहरु पाइन्छ ।

विचित्र विश्व

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

एक्स बोइफ्रेन्डलाई फसाउन एक युवतीले ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाइन्, तर पछि...

ती युवतीले मायाको बदला लिनका लागि सामाजिक सञ्जालको सहारा लिएकी छन् । उनले आफ्नो पूर्वप्रेमीको नामबाट एकमात्र नभई ३० ‘फेक’ इन्स्टाग्राम अकाउन्ट बनाई उनको अकाउन्टबाट आफूलाई नै धम्कीपूर्ण म्यासेज पठाइन् । यतिमात्र नभई पूर्वप्रेमीले आफूलाई मार्ने धम्की दिएको समेत आरोप लगाइन् ।