संस्कृत

Norvic Hospital

संस्कृत संस्कार गरिएको सम्पन्न भाषाको नाम हो । भारत र यूरोपका कैञौ भाषा संस्कृतबाटै बनेका छन् । हिन्दी, मराठी, नेपाली, बङ्गला, ओडिया, असमिया, मैथली, भोजपुरी, अवधी, राजस्थानी, कश्मीरीजस्ता थुप्रै भाषाकी जननी संस्कृत नै हो । संस्कृत पूजा गर्ने भाषा मात्र होइन । पुरोहितले पाती पढ्ने भाषा मात्र संस्कृत होइन । संसारका प्राचीन भाषाहरूमध्ये संस्कृत पनि एउटा प्राचीनतम भाषा हो । संस्कृतमा रचित ऋग्वेदलाई संसारको सबैभन्दा पुरानो ग्रन्थ मानिन्छ ।

 

ऋषि-महर्षिहरूले प्रकृतिलाई संस्कृति दिने क्रममा प्राचीनकालदेखि लोकजीवनका संस्कारित विचार थुपार्दै छन्दमा रच्दै गए । ती मन्त्रजस्तै अजेय भए । वेदका मन्त्रलाई ऋचा भनिन्छ । ती ऋचाहरू गुरु(शिष्य परम्परामा भनिँदै-रटिँदै अघि बढे । यस परम्परालाई श्रुति-स्मृति भनिन्छ । गुरुले भन्थे, शिष्यले स्मरणमा राख्दथे । ईशु जन्मनुभन्दा १५०० वर्षअघिदेखि भने बल्ल गधाको मुखजस्तो खरोष्ठी लिपि बनाएर लिपिवद्ध हुँदैगए ।

 

पहिले त वेदोपनिषद् खरोष्ठी लिपिमा रचिए । देवनागरी लिपिमा लेखिएको त धेरैपछि हो । सम्राट् अशोकको पालामा ब्राम्ही लिपि थियो । गुप्तकालमा गुप्त लिपि । त्यसपछि नागरी लिपि अनि दशौँ शताब्दीदेखि चाहिँ लिपि जताभापी नलेखून् भनेर देवताको लिपि अर्थात् देवनागरी भने अनि संस्कृतलाई देवभाषा माने ।

 

वेदमा पनि पूजापाठका कुरा मात्र कहाँ छ र १ त्यहाँ त गणित, ज्योतिष, दर्शन, विज्ञान, समाजशास्त्र, अर्थशास्त्र, सामारिक शास्त्र, मनोविज्ञान, विधि। चिकित्सा, साहित्य, संगीत, चित्रकला, साहित्यशास्त्र, संगीतशास्त्र, वास्तुशास्त्र, वास्तुकला, प्रस्तरकला, धातुकला, सौन्दर्यकला, यौनशास्त्र के-के छन् के-के । हो, पूजाविधि र संस्कारविधि मात्र सिक्नु हो भने पनि ब्राह्मणक वा कर्मकाण्डका हाँगाबिँगा कति छन् कति । संस्कृत भाषा यस्ता विविध ज्ञानराशिको भण्डार हो ।

 

संसारका पुराना विकसित भाषा ग्रीक र ल्याटिनभन्दा पनि पुरानो भाषा संस्कृतलाई मानिन्छ । यी तीनै भाषा भारोपीय परिवारमै पर्दछन् । यिनीहरूमा समानता पनि पाइने कुरा भाषाविद् विलियम जोन्स आदिले गरेका छन् । ईशाब्द १७८३ मा कलकत्ताको फोर्ड विलियम कोर्टमा न्यायधीश बनेर आएका विलियम जोन्सले प्राचीन इतिहासमा रुचि दिएर संस्कृत सिक्ने प्रयास गरे । संस्कृतको महत्त्व बुझेर यिनले १७८४ मा कलकत्तामा एशियाटिक सोसाइटी खोलेका थिए ।

 

उनलाई संस्कृत र ग्रीक-ल्याटिनका कति शब्द पहिले एउटै लागे -ग्रीकको त्रेयस, ल्याटिनको त्रेस र संस्कृतको त्रयस ल्याटिनको सर्पेन्ट, अङ्ग्रेजीको स्नेक, संस्कृतको सर्पस ल्याटिनका पिटर, मतर, ब्रातर र संस्कृतका पिता, माता, भ्राता । यूरोप र भारतका शब्दहरू एउटै पाए – दान > डोनेट, दमन > डोमिनेट, वमन > भमिट, द्वार > डोर, न >नो, नासिका > नजल, अष्ट > ओक्ट, नव > नोभ, आदर > एडोर, लम्ब > लङ, सार > कोर, समिति > कमिटी, मृदु >माइल्ड, रस श्र लश, ग्रन्थि > ग्ल्याण्ड, शत > सेन्ट, शाला > शेलरहल, तैल > ओइल, शपथ > ओथ, आकाश > स्काई ... के-के मिलेका देखे-देखे । विलियम जोन्सका कुरा साँच्चै हो कि होइन भनेर रुस, इरानलगायत यूरोपका धेरै विद्वान् लागिपरे । पछि थोमस यङ नामका अङ्ग्रेज विद्वान्‌ले यूरोप र भारतका भाषामा समानता पाएर भारोपीय अर्थात् इण्डोयूरोपीयन भाषा भने । भारोपीय भाषाको पुर्ख्यौली भाषा अर्थात् प्रोटो इण्डोयूरोपीयन ल्याङ्ग्वेज भनेर ग्रीक र ल्याटिनभन्दा अघिल्लो स्थान संस्कृतलाई दिए ।

 

संस्कृत भाषा पुरानो हुनाले वैदिक संस्कृतिले नै यूरोप पनि ढाकेको पाइन्छ – ब्रह्म >अब्राहम, आदिम > आदम, इन्द्र > एण्ड्रोपोभ, अन्तर्धाम > अम्स्टरडाम, बालसेविक > बोल्सेविक, कश्यपमुनि > कश्पियन, दैत्यस्थान > डस्चल्याण्ड, अङ्गुलीस्थान > इङ्ल्याण्ड, शर्मा -न- > जर्मन, हिन्दूदुर्ग > हिडेनबर्ग, यदुईशलम् > यरुशलेम, पुलस्त > फिलिस्तिन, परमेश्वरी > पेरिस, परशु > पर्सिया, राम > रोम, सूर्य > सरिया, बुद्धप्रस्थ > बुधापेस्ट । यूरोप मात्र के भन्नु, अरूतिर पनि  अस्त्रालय > अष्ट्रेलिया, अमरक > अमेरिका, त्रिविष्टप > तिब्बत, ब्रह्म > बर्मा, श्यामदेश > थाइल्याण्ड, कम्बुजदेश > काम्बोडिया, मलयद्वीप > मलेसिया, हिन्देशिया > इण्डोनेशिया, वरुण > बोर्नियो, सिंहपुर > सिङ्गापुर, मालाद्वीप > मालद्वीप...

 

पश्चिमी जगत्‌मा संस्कृतको अध्ययन १७औँ शताब्दीमै आरम्भ भएको थियो । भर्तृहरिका केही काव्य ईशाब्द १६५१ मा पुर्तगालीहरूले अनुवाद गरेका थिए । ई १७७९-मा विवादार्णवसेतु नामक एउटा विधिक संहितालाई नाथानियल ब्रासी हल्हेडले फारसी अनुवाद गरेबाट कोड अब् गेन्टू लजु  नाम दिएर पोर्तुगलीमा निकालेका थिए । १७८५(मा चार्ल्स विकिन्सले भगवद्गीताको अङ्ग्रेजी अनुवाद प्रकाशित गरे । सम्भवतः यही नै संस्कृत ग्रन्थ सिधै कुनै यूरोपीय भाषामा अनुवाद भएको पहिलो ग्रन्थ । यूरोपमा सोह्रौँ शताब्दीसम्म संस्कृत साहित्यप्रति कुनै रुचि थिएन । सत्रौँ शताब्दीको मध्यमा हेनरिथ रथ (१६२०-१६६८) नामक जर्मन जेसुआइट पादरी आगरा आए अनि मिशनरी कार्यका लागि पहले उनले संस्कृत सिके एवं १६६२ मा संस्कृत व्याकरणमाथि पुस्तक लेखे । उनीपछि अरू मिसनरीहरूले पनि संस्कृत सिकेर हिन्दू कर्मकाण्डका पुस्तकहरूलाई बटारी-बिगारी उल्टो प्रचार गरे । अर्कोतिर मिसनरीबाहेक निष्पक्ष अध्ययन गर्ने विद्वान्‌हरूले संस्कृतका विभिन्न ज्ञानमा चासो राख्नथाले । संस्कृतप्रति तीव्र जिज्ञासा र वैचारिक उत्कण्ठा अठारौँ शताब्दीको अन्त्य र इन्नाईसौँ शताब्दीको प्रारम्भमा भारतमा धार्मिक अनि राजनैतिक कारणले उत्पन्न भयो । १७५७-मा भएको पलासीको युद्धपछि भारतमा अङ्ग्रेजहरूको राज्य स्थापित भयो । तब गवर्नर वारेन हेस्टिङ्सले प्रशासनिक र वैधानिक दृष्टिले भारतीयको रीतिथिति र धार्मिक आस्था जान्नका लागि ब्रिटिश अधिकारीहरूलाई संस्कृत सिक्ने प्रेरणा दिए । परिणामस्वरूप यहाँ कलेज खोलिए । १७८४ मा कलकत्तामा एशियाटिक सोसायटी अब् बेङगलु स्थापना भयो । काशीमा संस्कृत भाषा सिक्ने पहिलो अङ्ग्रेज अधिकारी चार्ल्स विल्किन्स थिए । उनले १७८५ मा श्रीमद्‌भगवद्‌गीता, १७८७ मा हितोपदेश र १७९५ मा महाभारतको शाकुन्तलोपाख्यानलाई अङ्ग्रेजीमा अनुवाद गरीकन प्रकाशित गरे । १७६३ मा विलियम जोन्सलाई ब्रिटिश सेटलमेन्टका मुख्य न्यायाधीश नियुक्त गरिएपछि उनले संस्कृत सिके अनि १७८९ मा महाकवि कालिदासको अभिज्ञानशाकुन्तलम्‌ र १७९४ मा मनुस्मृति अङ्ग्रेजीमा अनुवाद गरे ।

 

मोगल शासक शाहजहाँको जेठो छोरो दारा शिकोह सनातन धर्मका प्रशंसक थिए । उनले ५०वटा उपनिषद् अरबीमा अनुवाद गरेका थिए । फलस्वरूप उनलाई आफ्नै कान्छो भाइ औरङ्गजेबले दिल्लीमा ट्क्रा(टुक्रा पारेर मारेका थिए । धन्य औरङ्गजेबका फ्रेन्च डाक्टरले ती ग्रन्थ लुकाएर फ्रान्स पुर्‍याएका थिए । पछि १८०२(मा दारा शिकोहको फारसी अनूदित ५० उपनिषद्को फ्रेन्च लेखक एन्क्वेरिल डू पेरोँ (१७२१(१८०५)-द्वारा गरिएको ल्याटिन अनुवाद प्रकाशित भयो । ल्याटिन अनुवाद भएपछि यूरोपका थुप्रै भाषामा उपनिषद् निस्कनथाले । यी साहित्यिक र दार्शनिक ग्रन्थहरूले यूरोप, र विशेष गरी जर्मनीमा, संस्कृत भाषा र साहित्यप्रति अभूतपूर्व जागृति एवं जिज्ञासा उत्पन्न भयो ।

 

अगस्त विलहेम श्लेगल जर्मनीको बोन युनिभर्सिटीमा पहिलो संस्कृत प्रोफेसर नियुक्त भए । उनका सानो भाइ फ्रेडरिक श्लेगल पनि भारतीय दर्शन र साहित्यका अनन्य प्रशंसक थिए । अर्का जर्मन संस्कृत विद्वान् विल्हेम हम्बोल्ड र अगस्ट श्लेगलले मिलेर भगवद्‌गीताको जर्मनमा भाष्य प्रकाशित गरे । तेस्रो प्रसिद्ध जर्मन दार्शनिक अर्थर शोपेनहावरले उपनिषद्हरूलाई मानव बुद्धिमत्ताको सर्वोत्तम कृति एवं ुअतिमानवीय चिन्तनु भनेका छन् । उनले अझ यसरी लेखेका छन् – “ जीवनमा उपनिषद्हरू अत्यन्त सन्तोषजनक र प्रेरणादायक छन् । यी मेरो जीवनमा सान्तवनादायी छन् र मृत्युमा पनि सान्त्वनाकारी रहनेछन् ।“

फ्रेडरिक मैक्स मूलर (१८२३-१९००) एकजना अर्का जर्मन भाषाविद्, वेदज्ञाता तथा प्राच्य विद्या विशारद थिए । जन्मले जर्मन भए पनि उनले आफ्नो अधिकांश जीवन इङ्ल्याण्डमा बिताएका थिए र त्यहीँ अध्ययन गरेका थिए । १८४८-मा अक्सफोर्ड विश्वविद्यालयमा ऋग्वेदको अङ्ग्रेजी अनुवाद छापिनथालेपछि उनी त्यहीँ बस्नुपर्ने हुनाले १८५०-मा प्रोफेसर पदमा नियुक्त भए । उनी पाश्चात्य शैक्षणिक भारतविद्या तथा तुलनात्मक धर्मशास्त्रका संस्थापक थिए । उनैले ५० खण्ड ‘पूर्वका पवित्र ग्रन्थ’ (१८७५) नाम दिएर पूर्वीय धर्मग्रन्थहरू अङ्ग्रेजीमा अनुवाद गरेर छपाएका छन् । उनी तिनै म्याक्स मूलर हुन् जसले ग्रामोफोनको आविष्कार हुँदा पहिलो स्वर ‘वेद मन्त्र’(का रूपमा रेकर्ड गरेका थिए । थोमस एल्भा एडिसनले ग्रामोफोन बनाएपछि अक्सफोर्ड युनिभर्सिटीमा कुन स्वर सबैभन्दा पहिले रेकर्ड हुनुपर्ने भन्नेबारे चर्चा भयो । संसारको सबैभन्दा पुरानो लिखित मन्त्र त ऋषि मधुच्छन्दा वैश्वामित्रले रचेको ऋग्वेद ९१।१।१०(को अग्नि देवस्तुति “ॐ अग्निमीले पुरोहितं यज्ञस्य देवमृत्विजम होतारं रत्नधातमम् ।।।“ प्रमाणित भएपछि म्याक्स मूलरले वाचन गरेका थिए । उनले अर्थ पनि खोलिदिएका थिए ( हामी अग्निदेवलाई स्तुति गर्दछौँ, जो यज्ञ (श्रेष्ठतम पारमार्थिक कर्म)का पुरोहित (अघि बढाउने), देवता (अनुदान दिने), ऋत्विज ( समयानुकूल यज्ञ सम्पादन गर्ने), होता (देवतालाई होमबाट आह्वान गर्ने) अनि याचकलाई रत्न (यज्ञका ज्वालाबाट शक्ति) विभूषित गर्ने हुन् ।

 

१८११-मा अक्सफोर्ड युनिभर्सिटीमा संस्कृत भाषा शिक्षाका लागि व्यवस्था गर्न एकजना कट्‌टर ईसाई अघि आएका थिए । उनी थिए कर्नल जोसेफ बोडन । उनी ईस्ट इण्डिया कम्पनीको सेनामा बम्बईमा लेफ्टनेण्ट(कर्नल रहेका थिए । उनले अवकाश ग्रहण गरेपछि आफ्नो समस्त सम्पत्ति, त्यस बेला झन्नै पच्चीस हजार पौण्ड, अक्सफोर्ड विश्वविद्यालयमा संस्कृत-प्रोफेसरको एउटा पद स्थापना गर्नका लागि दान गरेका थिए । विश्वविद्यालयले पनि कृतज्ञतास्वरूप उनैको नाममा बोडेन चेयर अब् संस्कृत’ राखिदियो ।

 

बौद्ध र जैन शास्त्रहरू पनि पालिबाहेक धेरै त संस्कृतमा छन् । मुसलमान आक्रमणले कति ध्वंश भए । तिनीहरूका चिनिञा, तिब्बती अनुवाद अझ छन् । चार्वाक्, बौद्ध र जैन धर्मदर्शनका अनेकौँ संस्कृत र पालि ग्रन्थ शङ्कराचार्यले हिन्दू पुनरुत्थान अभियान चलाउँदा शाङ्करी सेनाले निर्दयतापूर्वक ध्वंश गरेका कथा बेग्लै छ । शङ्कराचार्य नेपाल जाँदा त्यहाँ प्रखर बौद्ध विद्वान् अमरसिंह शाक्यसित जुझ्नलागे । उनीहरूमाझ लामो शास्त्रार्थ भयो । अमरसिंह हारेपछि उनका सबै बौद्ध ग्रन्थ शङ्कराचार्यले जलाउन लागेका के थिए झट्ट आँखा ‘अमरकोश’(मा गएछ । ‘अहो१ यो त बुद्धको महिमा होइन तर उपकारी ग्रन्थ रहेछ’ भनीकन जोगाइदिएछन् । ‘अमरकोश’ संस्कृतको वैज्ञानिक र आधिकारिक शब्दकोश हो । प। कुलचन्द्र गौतमले यसलाई नेपालीमा अनुवाद गरेका छन् । पाइन्छ ।

 

पहिले संस्कृत शिक्षाका लागि भारतमा थुप्रै गुरुकुलहरू थिए । ईशु जन्मनुभन्दा ५१५ वर्षअघि संस्कृत शिक्षाका लागि तक्षशीला विश्वविद्यालय खोलिएको थियो । तक्षशीला अहिले पाकिस्तानमा पर्दछ । बुद्ध आफैले त त्यहाँ शिक्षा पाएका थिएनन् तर त्यहाँ पढेर आएका विद्वान्‌हरू बुद्धका शिष्य थिए – कोशलका राजा प्रसनजीत, प्रसनजीतका सेनापति बन्धुल, बुद्धशिष्य अङ्गुलीमाल, राजगृहका वैद्य जीवक, आयुर्वेद(ज्ञाता चरक, संस्कृत वैयाकरण पाणिनि, मगध(सम्राट् चन्द्रगुप्त मौर्य आदि तक्षशीलामै पढेका थिए । कौटिल्य -चाणक्य र विष्णुगुप्त- तक्षशीला विश्वविद्यालयमा दर्शन, अर्थशास्त्र र राजनीतिशास्त्रका प्राध्यापक थिए ।

 

तक्षशिलापछि नालन्दा संसारको दोस्रो सबैभन्दा प्राचीन विश्वविद्यालय मानिन्छ । पाँचौँ शताब्दीमा गुप्त सम्राट् कुमार गुप्तको पालामा बनिएको यो विश्वविद्यालय ८०० वर्षसम्म अस्तित्वमा रह्यो । यस युनिभर्सिटीमा १० हजारभन्दा धेर विद्यार्थी र २७००(भन्दा धेर अध्यापक थिए । यस विश्वविद्यालयमा भारतलगायत कोरिया, जापान, चीन, तिब्बत, इण्डोनेशिया, ईरान, ग्रीस, मङ्गोलिया आदि देशबाट विद्यार्थीहरू पढ्न आउँथे । त्यहाँ लिटरेचर, एस्ट्रोलजी, साइकोलजी, ल, एस्ट्रोनमी, साइन्स, वारफेयर, इतिहास, मैथ्स, आर्किटेक्चर, भाषा विज्ञान, इकोनमिक्स, मेडिसिन समेत कैञौ विषय पढ़ाइन्थे । हर्षवर्द्धन, धर्मपाल, वसुबन्धु, धर्मकीर्ति, आर्यवेद, नागार्जुन आदि अनेक विद्वान्‌हरू त्यहाँ पढेका थिए । यस विश्वविद्यालयलाई ११९९(मा बक्खियार खल्जीले आक्रमण गरेर खरानी बनाइदिएका थिए ।

 

मुसलमानहरू आएपछि संस्कृत शिक्षामा बाधा उत्पन्न भयो । प्राचीन ग्रन्थहरूलाई पुरोहितहरूले मनपरी व्याख्या गर्नथाले । संस्कृत ग्रन्थका श्लोकहरू आफूलाई लाभ हुने पारामा ढाले । नारी शोषण चरम सीमामा पुग्यो । नारी र शुद्रले संस्कृत पढ्नुहुँदैन भनी प्रचार गरे । नारीहरूलाई शिक्षा दिएर सक्षम बनाउनुपर्ने ठाउँमा मुसलमाने बुर्काजस्तै पर्दामा बस्नुपर्ने बनाए । पशुलाई जस्तै नाक छेँड़िदिए । हिँड़डुल गर्न नसकून भनेर गह्रुङ्गा कल्ली लाउने, भक्कु लुगा लाएर शरीर ढाक्नुपर्ने नियम बनाइदिए । संस्कृत नाटकहरूमा प्रतिबन्ध लगाइए । शुद्रलाई गरिएको शोषण त बयान गरी साध्य छैन । संस्कृत बाहुनले मात्र पढ्नुपाउने भाषा घोषणा गरे । यसरी मध्यकाल संस्कृत भाषा, साहित्य र समाजको अन्धकार युग भयो ।

 

यूरोपेलीहरू आएपछि संस्कृत जनगणमा पुग्नुपर्नेबारे सोचे । बाहुनहरूले लुकाएर राखेका ग्रन्थहरू फकाएर हुन्छ कि धम्काएर हुन्छ उनीहरूले निकाले, पढे अनि सबैले पढून् भनेर कलकत्तामा १७८४-मा एशियाटिक सोसाइटी खोले, स्कूल, कलेजहरू खोलिदिए । कलकत्तामा १८१७-मा हिन्दू कलेज खोले । अहिले यसको नाम प्रेसिडेन्सी कलेज छ । काशीमा १७९१-मा वाराणसेय संस्कृत कलेज खोले । यो अहिले डा। सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय भएको छ । १८२१-मा पुना संस्कृत कलेज, १८२४-मा संस्कृत कलेज एण्ड युनिभर्सिटी, कलकत्ता, १८९९-मा संस्कृत कलेज, दिल्ली । अहिले पनि भारतमा २०-भन्दा धेरै संस्कृत विश्वविद्यालय छन् । पूणेमा १९१७-मा स्थापित भण्डारकर प्राच्य शोध संस्थान अझ छ । पूणेमा १९१७-मा स्थापित भण्डारकर प्राच्य शोध संस्थान अझ छ । वाराणसीको काशी हिन्दू विश्वविद्यालयमा संस्कृत धर्मविज्ञान संकाय नै छ । नेपालमा पनि महेन्द्र संस्कृत विश्वविद्यालय छ।

 

हो न हो काशीमा चाहिँ पाती पढ्न सिकाउने पाठशाला मात्र छन् भन्ने हामी धेरैसित भ्रान्त धारण छ । काशी संस्कृत शिक्षाको केन्द्र हो भन्नुको अर्थ संस्कृतको विशाल निधि काशीमा पनि छ भन्नु हो । संस्कृत पढेर पाठपूजा सिक्ने मात्र होइन । अचेल बाहुनले मात्र संस्कृत पढ्दैनन् । कैञौ नारी, दलित, क्रिस्तान, मुसलमान संस्कृतका प्राध्यापक र विद्वान्‌हरू छन् ।

 

शकुन्तलाको जर्मन अनुवाद पढेर प्राच्यविद्यामा आकर्षित भएका गेटेको ‘फाउस्ट’(१८०८) र अमेरिकामा प्राच्यविद्याबाट प्रभावित टी।एस।

 

इलियटको ‘बाँझो जग्गा’ (वेस्ट ल्याण्ड,(९२२)-ले संसारकै साहित्यदर्शनलाई उदाहरण अग्रसारित गरिदिए । इमर्सनले ब्रह्म कविता लेखे, वाई। बी। यिट्सले मेहिनीमोहन चट्टोपाध्याय र रवीन्द्रनाथ ठाकुरको प्राच्यविद्यालाई प्रज्ञापथ (द वे अब् विस्डम) निबन्ध र आफ्नो कविता चतुष्पदी र कामोद्दीपन -क्वाट्रेन्स एण्ड एफोरिजम्स, १८८६०-मा स्वीकारेका छन् । यिट्सले स्वामी विवेकानन्द भेटेका घटना अर्कै छ । यिनको ‘मेरू’ कविता (१९३४)-मा सगरमाथालाई आध्यात्मिक सिद्धिको प्रतीक हिमाल हो भन्दै यसले दोस्रो आगमन (सेकेण्ड कमिङ) इङ्गित गरेको देखाएका थिए । हुन पनि ठीक्क त्यसको पाँच वर्षपछि दोस्रो महायुद्ध आरम्भ भयो । हिलोमै फुले पनि हिलोदेखि भिन्न र सुन्दर रहने कमलसित सम्बन्धित बौद्ध दर्शन र संसारमै रहेर पनि सांसारिकतादेखि मुक्त रहने गीता दर्शनको प्रतिबिम्ब इलियटको निर्वैयक्तिक सिद्धान्तमा देख्न पाइन्छ, यो कुरो उनी आफैले स्वीकारेका छन् । पश्चिमको साहित्य मात्र होइन, संगीतको कुरो गर्दा बिटल्स समूहका जर्ज हेरिसन १९६६-मा ऋषिकेषमा महर्षि महेश योगीसित भेटेर भक्तिसाधनाका गीत बनाएका घटना बिर्सनु हुँदैन । यस्ता कुरा धेरै छन् उहिलेदेखिकै । ईशु जन्मनुभन्दा चार सय वर्षअघि प्लेटोले एथेन्समै भारतीय योगी भेटेको रहस्य अझ गवेषणामै छ । आक्रमण प्रतिकार गर्ने निर्वस्त्र नागा साधुहरूबाट अलेकेजाण्डर चकित भएको कुरा अर्कै छ । अलेकेजाण्डरपछि भारतमा शासक बनेका मिलिन्द -मिल्याण्डर-लाई बौद्ध विद्वान् नागसेनले मक्खै पारे । उनीहरूको सम्भाषण बौद्ध दर्शनको गूढ ग्रन्थ बन्यो – ‘मिलिन्दपुन्ह’ । हुन ता भारतले पनि पश्चिमबाट धेरै ज्ञान ग्रहण गरेकै हो । यूरोपेली उपनिवेशबाट पश्चिमको इतिहासदर्शन र सभ्यताले भारतीय पुनर्जागरणलाई सहयोग गरेकै हो । यस्तो ज्ञान विनिमयले समाजलाई उपकार भएकै हो ।

 

संस्कृति र संस्कृतको कुरा गर्दा यूरोप(अमेरिकातिर संस्कृत ग्रन्थहरू भकाभक अनुवाद भइरहेका छन् । त्यहाँका कैञौ पाठशालातिर संस्कृत स्तोत्र सिकाइन्छन् । कलेज(युनिभर्सिटीतिर संस्कृत विषय र विभागहरू खोलेका छन् । संस्कृतका अमूल्य ग्रन्थ पढ्नलाई त अचेल जर्मनी पो जानुपर्दैछ । विश्वका विज्ञान विश्वविद्यालयहरूमा संस्कृतको माग बढेको बढेकै छ । बरू भारतमा पो कतिपय आधुनिक भइटोपल्नेहरूले ‘संस्कृत इज अ डेड ल्याङ्ग्वेज’ भन्दै हिँड़्छन् । भारत होस् कि विश्व, बुझ्नेले मरेकाटे संस्कृतलाई मृत भाषा भन्दैनन् । सबै ठाउँका भारतीय प्रौद्यौगिकी संस्थानहरूमा र आखिल भारतीय आयुर्विज्ञान संस्थान ९ब्क्ष्ःक्०(हरूमा संस्कृत विषय राखेका छन् । त्यत्ति मात्र नभई विज्ञानका सबै विषयमा संस्कृतको आवश्यकतालाई वैज्ञानिकहरूले बोध गरिरहेका छन् ।

 

संस्कृतबारे यहाँ केही बुँदा प्रस्तुत गरिन्छ –

 

१ भारतखण्डमा लोकभाषा थुप्रै भए तापनि संस्कृतले सबै भाषालाई आश्रय दिँदछ । यो कुरा बुझेर भारतीय संविधानका निर्माता डा। भीमराव अम्बेडकरले संस्कृतलाई राष्ट्रभाषा बनाउने प्रयास गरे तर हिन्दीभाषीहरूले गर्दा सफल भएनन् । अरबी आक्रमण हुनुभन्दा अघि भारतको राष्ट्रभाषा संस्कृत नै थियो ।

 

२ संस्कृत संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदको भाषा हो ।

 

३ ईशु जन्मनुभन्दा ५०० वर्षअघि पाणिनिले संस्कृत भाषाको पहिलो व्याकरण लेखेका थिए – अष्टाध्यायी ।

 

४ सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकताको कारणले संस्कृतको सर्वश्रेष्ठता स्वयं सिद्ध हुँदछ ।

 

५ संस्कृत केवल एउटा भाषा नभएर विचार र संस्कृति हो । यहाँ विश्वकल्याणको ज्ञान पाइन्छ – क वसुधैव कुटुम्बकम्, ख सर्वे भवन्तु सुखिनः, ग असतो मा सद्गमय, घ विश्वशान्तिः अन्तरीक्षशान्ति ।।।।

 

६ संस्कृत जानेमा भास, कालिदास, भारवि, दण्डी, माघ, शुद्रक आदिका अमूल्य ग्रन्थका साथै विभिन्न तत्त्वान्वेषी विषय जान्नमा सहयोग हुँदछ ।

 

७ सिक्थ र सेभेन्थ जेनेरेशन कम्प्युटर संस्कृत भाषामा आधारित हुनेछ – नासाका वैज्ञानिकहरूले विश्वास गरेका छन् । विज्ञानको भाषा बुझ्न संगणक -कम्प्युटर-को सहयोगी भाषा संस्कृत हुने कुरा वैज्ञानिकहरूले स्वीकारेका छन् ।

 

८ संस्कृत पढ्ने-जान्नेको स्मरण शक्ति तीब्र हुने र भएका प्रमाण कति छन् कति ।

 

९ संस्कृत उच्चारण जानेपछि जुनसुकै भाषाका उच्चारण पनि स्पष्ट गर्नसक्ने सिद्ध भएको छ किनभने संस्कृतको सम्यक् शिक्षाले औँलीका साथै जिभ्रो ठीकसित तह लागेको हुँदछ ।

 

अचेल संस्कृत सिकाउने संस्थानहरू थुप्रै खुलिएका छन् । विदेशतिर त संस्कृतको माग बढ्दो छ। भारत र नेपालका संस्कृत विद्वान्वि-दुषीहरू विदेशी विश्वविद्यालय र निजी संस्थानहरूमा संस्कृत पढाउनमा लागिपरेका छन्। काशीमा पढेका थाहा भएका मित्रहरूमा डा अलका आर्त्रेय चुड़ालले अष्ट्रियाको भिएना विश्वविद्यालयमा संस्कृत र नेपाली पढाउँछिन्स डा विजय अन्यथा तेजनाथ पौड़्यालले केन्द्रिय संस्कृत विश्वविद्यालय, जम्मूमास डा चिरञ्जीवी अधिकारीले कामेश्वरसिंह संस्कृत विश्वविद्यालय, दरभङ्गामा, डा विश्वनाथ धितालले काशी हिन्दू विश्वविद्यालयको भारतीय प्रौद्योगिकी संस्थानमा संस्कृत पढाउँदैछन्। सिक्किममा संस्कृत पढाउने हाम्राहरू काशी पढेरै गएका छन्। देशविदेशमा संस्कृतमा शोधकार्य भइरहेका छन्। अरूतिर के-कसो छ कुन्नि ? काशीमा भने संस्कृत शिक्षा र शोधमा गोर्खाजनले नाम राखेका छन्। नेपालीमा पीएच। डी उपाधि लिइसकेका डा विश्वनाथ त्रिपाठी, डा नवीन नेपाल, संस्कृतका डा नारायण निरौला  र कैञौ गोर्खा विद्वान्ले संस्कृतमा पनि शुद्ध लेख्ने र शुद्ध सललल बोल्नसक्ने क्षमता राख्दछन्। काशी विद्वत् परिषद्का सदस्य तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयको तुलनात्मक धर्मदर्शनका मित्र प्रो हरिप्रसाद अधिकारीले संस्कृत भाषा प्रसारमा ख्याति अर्जन गरेका छन्। पहिले काशीको नेपाली मन्दिरका लेखनाथ गुरु डा लेखनाथ अाचार्य संस्कृत शिक्षाका लागि एकजना माननीय व्यक्ति हुनुहुन्थ्यो। अचेल यिनी पोखरामा गुरुकुल सञ्चालनमा क्रियाशील छन्। काशीमा त नेपाली संस्कृच्छात्र समिति नेपाली संस्कृतच्छात्रसमिति वाराणसी पनि छ।

 

शिलङका मित्र सलिल ज्ञवालीले संस्कृत वाङ्मयबारे संसारका विशिष्ट विद्वान्हरूले व्यक्त गरेका मन्तव्यहरूको सँगालो पुस्तक ग्रेट माइण्ड्स अन इण्डिया निकालेपछि १२ वटा भारतीय भाषामा अनुवाद भइसकेका छन् । यसको नेपाली अनुवाद प्रो। गोविन्दराज भट्टराई ले विश्वविख्यात महापुरुषहरूको दृष्टिमा पूर्वीय सभ्यताु प्रकाशमा ल्याएका छन्।

 

कतिपय संस्थानले ठाउँठावै शिविर वा कार्यशाला राखेर बोलचाले संस्कृत निस्शुल्क सिकाउने व्यवस्था गर्दछन् । सिक्किममा यस प्रकारका कार्यशाला बेलाबेला हुने गर्दछन्। अरू विकसित राज्यले जस्तै सिक्किमले संस्कृत शिक्षामा प्रगाढ रुचि लिइरहेको देखिन्छ। घरै बसेर सिक्नु हो भने पनि बीसौँ वेबसाइट, गुगल गुरु र यूट्यूब छँदैछन्। अनलाइन कोर्सहरू पनि छन्।

 

अहिले टीभी र सिनेमाको प्रभावले गर्दा नेपाली भाषा कथन र लेखन अरबी-उर्दूको खाड़लमा पस्न लागेको छ । अरबी-फारसी-उर्दू-हिन्दी शब्दका अनावश्यक प्रयोगले नेपाली भाषाका मीठा(मीठा शब्दहरू बिर्सँदैजाने स्थितिमा छ । नेपाली भाषा जहाँ अक्षम हुन्छ त्यहाँ संस्कृतको सहायता लिन सके नेपाली भाषाले बङ्गला, मलयलम्, तेलुगू आदि भाषाले जस्तै अन्ताराष्ट्रिय प्रतिष्ठा अर्जन गर्न सक्नेछ । बालकृष्ण समका भाषा वा रूपनारायण सिंहको भ्रमरको भाषालाई अजेय मानिएको कारण संस्कृतको सुन्दर प्रयोग हो । संस्कृतको संरक्षण ग्रहण गर्नसके सबै भाषा सुरक्षित र मर्यादित हुन सक्नेछन् । जयतु संस्कृतम् ।।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज सुनको भाउ कति ?

  • 13 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

  • 13 minutes ago
अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

एजेन्सी । अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै महिलाहरुमाथि बन्देज लगाउने नीतिले तीब्रता पाएको मिडिया रिपोर्टमा उल्लेख छ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको मिडिया रिपोर

अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

  • 32 minutes ago
अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका खेलाडी सर्जियो अगुइरोलाई पिएसजीमा अनुबन्ध गर्न सुझाव दिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीका फरवार्ड मउरो इकार्दी र अगुइरो स्वाप गर्ने रण



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।