साराको प्रेम सम्बन्धः कहिले वीर पहरिया, कहिले सुशान्त कहिले कार्तिक आर्यन

एजेन्सी । सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान अहिले बलिउडकी एक चर्चित अभिनेत्री हुन् । उनलाई अहिले बलिउड क्वीन भनेर पनि भन्ने गरिन्छ । २५ वर्षीया अभिनेत्रीले सन् २०१८ मा केदारनाथ फिल्मबाट बलिउडमा पाइला टेकेकी हुन् । हाल उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा रहेकी छन् । सुशान्त सिंह राजपुतसँग धुमपान गरेको पूरानो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ । यसका साथै यी दुई सम्बन्धमा रहेका थिए भन्ने हल्ला पनि चलेको छ । यसै सन्दर्भमा अभिनेत्री सारा अली खानको प्रेम जीवनबारे थोरै चर्चा गरौं । 

 

सारा-वीर पहरिया

 

 

सारा महाराष्ट्रका पूर्व मुख्यमन्त्री सुशील कुमार शिन्देका नाती वीर पहरियासँग डेट गरिसकेकी छन् । सन् २०१८ मा एक म्यागजिनलाई दिएको अन्तरवार्तामा उनले यो कुरा खुलाएकी थिइन् । साराले अन्तरवार्तामा बताएकी थिइन्, उनी (वीर) एकमात्र पुरुष हुन् जोसँग म डेट गरेको छु । उनका अलावा मेरो जीवनमा कुनै ब्याईफ्रेन्ड छैनन् ।  सारा र वीर हाल सम्बन्धमा छैनन् । साराले उक्त सम्बन्ध आफूबाट नतोडिएको बताउँदै आएकी छन् । 

 

सारा-सुशान्त

 

 

फिल्ममा डेब्यु गर्नुभन्दा पहिले सारालाई आफ्नी अर्की आमा करिना कपुर खानले सल्लाह दिएकी थिइन् कि आफ्नो पहिलो फिल्मको हिरोसँग डेट नगर्नु । तर साराले सायद यो कुरालाई रोक्न सकिनन्, तब फिल्म केदारनाथका को स्टार सुशान्त सिंह राजपुतसँग डेट गरिन् । साराले सुशान्तसँगको आफ्नो सम्बन्ध कहिल्यै बताइनन् तर दुबैको डेटिंगको खबर फिल्म निर्माणको बेला बाहिर आउने गथ्र्यो । सुशान्तको निधनपछि उनका फार्महाउस केयर टेकर रईसले यो कुरा खुलासा गरेका थिए कि सन् २०१८ मा सारा सुशान्तको फार्महाउसमा रेगुलर जाने गर्थिन् । उनी फार्महाउस आएपछि तीनदेखि चारदिन सम्म त्यहीँ रहने रईसले बताएका छन् । 

उनका अनुसार दुई थाइल्यान्ड छुट्टी मनाउन पनि गएका थिए । सुशान्त २१ जनवरी २०१९ मा आफ्नो जन्मदिन पारेर सारालाई पर्पोज गर्ने सोँचमा थिए । तर यी दुईको ब्रेकअप भयो । 

 

सारा-कार्तिक आर्यन 

 

 

साराले कार्तिक आर्यनलाई मन पराउँछिन् । यो कुरा उनले कफि विद करण शोमा आफ्ना बुबा सैफ अली खानसँगै रहेका बेलामा बताएकी थिइन् । साराले कार्तिकसँग डेट गर्ने इच्छा रहेको पनि बताएकी थिइन् । जब यी दुई फिल्म लव आजकल २ मा सँगै काम गरे तर यिनीहरुको अफेयरलाई लिएर खुबै चर्चा चल्यो । यद्यपि फिल्मको रिलिजपछि उक्त खबर हरायो । खबर यहाँसम्म आयो कि कार्तिकले सारालाई इन्स्टाग्राममा अनफलो गरेका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 2 hours ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 3 hours ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 3 hours ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।