दबंग छविका सर्वेन्द्र खनाल यसरी निरीह भए

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • बिहीबार, १२ पुष, २०७५
  • 3 years ago
  • नेपाल

काठमाडौँ । सोमबार प्रहरी प्रधान कार्यालयले अचानक पत्रकार सम्मेलनको निमन्त्रण गर्यो । जसलाई प्रहरी महानिरिक्षक खनालले सम्बोधन गर्दै थिए । बिहान ९ बजे आएको निमन्त्रणामा समय तोकिएको थियो १ः४५ बजे । 

 

सामान्य विवरणलाई सार्वजनिक गर्न प्रहरी प्रवक्त नै काफी छन् । राष्ट्रिय तहमा प्रभाव पार्ने ठूलै उपलब्धि सार्वजनिक या योजना घोषणा गर्नु परे मात्र आइजिपीको नेतृत्वमा पत्रकार सम्मेलन हुने गर्छ । 

 

निर्मला बलात्कार र हत्या घटनाको अनुसनधानको क्रममा दोस्रो चरणमा पक्राउ गरेका दुई युवाहरुमध्ये एक जना रिहा भएपछि (त्यस्तै बुधबार अर्को युवा पनि रिहा भएका) प्रहरी संगठनको नियतः पुनः बहसमा आएको थियो ।

 

दोषीको रुपमा सार्वजनिक गरिएका दिलिपसिंह बिष्टको रिहाईसँगै चुलिएको आलोचना केही मत्थर भएको बेला दोस्रो चरणमा दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले पक्राउ गरेको थियो । 

 

यी दुबैको पक्राउपछि बिष्ट पक्राउको समयमाझै प्रहरी संगठनले ‘अब अनुसन्धान टुंगियो’ को शैलीमा प्रचार गराए पनि नतिजा बिष्टको भन्दा फरक आएन । दुबैजना रिहा भएका छन् । 

 

अहिले राष्ट्रिय चासोको घटना किशोरी निर्मला बलात्कार र हत्या अनुसन्धानको नै हो । त्यसैले आकस्मिक पत्रकार सम्मेलनले निर्मला बलात्कार र हत्या घटनामा उपलब्धि केही हात परेको हो कि भन्ने धेरैको आश थियो । 

 

बिष्ट पक्राउ र प्रचारको नेतृत्व जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरेको थियो । रावल र चौधरी पक्राउमा हेडक्वार्टर सक्रिए थियो । जब चौधरी निर्दोष ठहरिएसँगै रिहा भए, तारोमा परे प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल ।

 

रिहा भएपछि ‘बलात्कार र हत्या मैले गरेको भन्, जागिर दिन्छु’ भनेर फकाएको भनाइ सर्वाजनिक भएपछि अनुसन्धानमा प्रहरीको नियत छरपस्ट भयो ।

 

यही मेलोमा आयोजित पत्रकार सम्मेलनको केन्द्र निर्मला घटना हुनु सामान्य थियो तर, होइन रहेछ । प्रहरीका केही उपलब्धि, प्रहरी प्रशसनका सामान्य गतिविधि अनि पत्रकारमाथि घोचपेच गरेर पत्रकार सम्मेलन टुंगियो । 

 

पत्रकार सम्मेलनमा देखिएको आइजिपी खनालको मुहारले उनको सकस भने प्रस्ट देखिन्थ्यो । मिडिया फेन्ड्ली छवि र हँसमुख स्वभावका उनको मुहार पत्रकारका सम्मेलनभरि मलिन थियो । उनको सम्बोधनमा केही आग्रह थिए, केही आक्रोश तर निष्कर्ष केही थिए । आजको शुक्रबार साप्ताहिकबाट ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 5 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 5 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 5 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।